२०८१, २३ भाद्र आईतबार

करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा : रातारात जग खनियो

करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा : रातारात जग खनियो


वीरगञ्ज, २० मंसिर  : वीरगन्जको मुख्य व्यपारिक केन्द्र घण्टाघर नजिक रहेको करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा, निजी व्याक्तिले आफ्नो नाममा गराएको खुलासा भएको छ ।

वीरगन्ज महानगरपालिका–८ मा पर्ने घण्टाघर नजिकको शिवा हस्पिटल रोडमा अवस्थित सुर्वण मन्दिरको नाममा १ कठ्ठा ११ धुर जग्गा छ । मन्दिरको सार्वजनिक उक्त जग्गामध्ये मुख्य सडकसँग जोडिएको ७ धुर जग्गा नसीमा खातुनले मालपोत कार्यालयबाट आफ्नो नाममा रजिष्ट्रेशन पास गराएकी हुन् । मन्दिरको उक्त सार्वजनिक जग्गामा खातुनले बिहीबार राति रातारात एक्साभेटर लगाएर जग खनेपछि शुक्रबार बिहान वडा अध्यक्षसहितका स्थानीयले त्यहा पुगेर विरोध जनाएका छन् ।

शुक्रबार बिहान वडाध्यक्ष, हिन्दुवादी अगुवा र स्थानीयको भीडले निर्माण कार्यमा अवरोध गरेपछि केही समय तनाव भएको थियो । सम्भावित झडपलाई मध्यनजर गर्दै मन्दिरको उक्त जग्गामा शुक्रबार बिहान प्रहरी पनि परिचालन गरिएको थियो ।

मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा, निजी व्याक्तिको नाममा रजिष्ट्रेशन पास हुनै नसक्ने भन्दै स्थानीयले मन्दिरको जग्गामा निजी संरचना बनाए त्यसले ठूलो दुर्घटना निम्त्याउने चेतावनी दिएका छन् । मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा, मुभाफीयाले मालपोत र नापी शाखाका कर्मचारीको मिलोमतोमा फर्जी तरिकाले आफ्नो नाममा गराएको स्थानीयको भनाइ छ ।

मन्दिरको सार्वजनिक जग्गा निजी कसरी बनाइयो ?

२०४७ सालको नापी अनुसार, साविकको वडा नम्बर १० ९हाल वडा नम्बर ८० स्थित कित्ता नम्बर ५ को १ कठ्ठा ११ धुर २ कनवा जग्गा, एक राणा परिवारले २०४९ साल वैशाख १३ गते सुर्वण मन्दिरको नाममा दान गरेर रजिष्ट्रेसन पास गरिदिएका थिए ।

मन्दिरको नाममा रजिष्टे«शसन पास गरिएको ७ वर्षपछि २०५६–०९–०२ मा कित्ता नम्बर ५ बाट कित्ताकाट गराई ७ धुर जग्गाको कित्ता नम्बर ३०२ कायम गरिएको देखिन्छ । त्यस बीचमा मन्दिरको १ कठ्ठा ११ धुर २ कनवा जग्गा जग्गामध्ये १० धुर जग्गा ४ पटक खरिद बिक्री भएको देखिन्छ ।

२०५१–०४–१६ मा मन्दिरको नाममा रहेको १० धुर जग्गा, रतनकुमार शर्माले मुरलीधर शर्मासँग खरिद गरेर आफ्नो नाममा रजिष्ट्रेसन पास गरेको देखिन्छ ।

२०५६–०४–२६ मै त्यही जग्गा रतनले आशदेवी अग्रवालको नाममा पास गरेर बिक्री गरेको देखिन्छ । आशादेवीले भने २०५६–०६–२५ मा १० धुरमध्येको ७ धुर जग्गा बिक्री गरेर वासुदेव माडवारीको नाममा रजिष्ट्रेसन पास गरेर बाँकी ३ धुर जग्गा भने आफ्नै नाममा राखेको देखिन्छ ।

अहिले जग्गाको धनी भएको दाबी गर्ने नसीमा खातुनले भने बासुदेव माडवारीबाट उक्त ७ धुर जग्गा २०५६–०७–१७ मा आफ्नो नाममा रजिष्ट्रेसन पास गराएको देखिन्छ ।

जग्गा मन्दिरकै हो :  वडाध्यक्ष
मन्दिर र मन्दिरको जग्गा रहेको वडा नम्बर ८ का वडाध्यक्ष राजकिशोर गुप्ताले भने खातुनले आफ्नो नाममा पास गराएको जग्गा मन्दिरको सार्वजनिक जग्गा नै भएको बताए । ‘मन्दिरको जग्गा सार्वजनिक हुन्छ । त्यो खरिद बिक्री गर्नै मिल्दैन’, उनले भने, ‘तर भुमाफीयाले रकमको चलखेल गरेर ४–४ पटकसम्म किनबेच गराएका रहेछन् ।’

उनले खातुनले जग्गामा निजी संरचना निर्माणका लागि नक्सा पासको सिफारिस माग्न वडा कार्यालय आउदा आफूले मन्दिरको जग्गामा नमिल्ने भन्दै फर्काइ दिएको बताए ।

मन्दिरको जग्गाको सबै सरकारी प्रमाण सुरक्षित छ :  स्थानीय

मन्दिरको जग्गाको कागजात संकलन गरेर राखेका स्थानीय युवा रन्जित साहले करोडौं मूल्यको जग्गामा आँखा लगाएर भूमाफीयाले मन्दिरको जग्गा जालसाजी गरेर निजी बनाउन खोजेको बताए । ‘जग्गा मन्दिरको हो भन्ने प्रमाणित गर्ने सबै सरकारी कागजपत्र मसँग सुरक्षित छ’, उनले भने ।

मन्दिर हिन्दु धर्मसँग जोडिएको विषय भएकाले मन्दिरको जग्गा र सम्पति संरक्षणका लागि आफूले जस्तोसुकै कदम उठाउन पनि तयार रहेको उनले बताए । निजी जग्गामा घर बनाउनका लागि नगरपालिकाले नक्सा पास नगरिदिएर अप्ठेरोमा पारिदिएको गुनासो पनि उनले गरे ।

पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) असमान तामाङले भने आफ्नो सरोकारको विषय नभएकाले यो बारेमा आफूलाई केही थाहा नभएको बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मिति : २०७७, २० मंसिर शनिबार  ८ : ०४ बजे

भृकुटीमण्डपमा विद्युतीय अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौ । काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा

तीज पर्वले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्य गर्ने सभामुख घिमिरेको विश्वास

काठमाडौं । सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका

तीज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने

आकांक्षा धामी काठमाडौं । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘अशक्तहरुले तीजमा ब्रत बस्नैपर्छ भन्ने शास्त्रमा उल्लेख छैन’

अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ, न कुलको परम्परा