२०८३, १५ श्रावण शनिबार

कसरी ल्याइँदैछ नेपालमा कोरोनाविरुद्धको खोप ?

कसरी ल्याइँदैछ नेपालमा कोरोनाविरुद्धको खोप ?


काठमाडौं, १९ मंसिर :  सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले कोरोना विरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।

द्रुतकार्य योजनाको लागि आठ वटा समिति गठन गरिएको छ । सरकारले खोप अभियान नै सञ्चालन गर्नेछ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिर कुमार अधिकारीका अनुसार समितिले खोप आयात, भण्डारणदेखि वितरणलगायतका प्रक्रियाका कामलाई अघि बढाएको छ । उनले भने, ‘खोप व्यवस्थापन कसरी गर्ने रु जनचेतनादेखि तालिमलगायतका काम भइरहेका छन् । हामीसँग भण्डारण गर्न मिल्ने खोप प्राथमिकतामा पर्छ । हाम्रो जोड जतिसक्यो अनुदानमा खोप ल्याउने हो । त्यसका लागि कूटनीतिक प्रयास भइरहेको छ ।’

खोप आयातमा सहजताका लागि औषधि अध्यादेश समेत जारी भइरहेको छ । नेपालले कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने योजना बनाएको छ । जसमा कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशतलाई प्राथमिकताका आधारमा निशुल्क खोप लगाइनेछ ।

विश्वका गरीब राष्ट्रलाई खोपको समान पहुँच हुनुपर्छ भनेर विश्व स्वास्थ्य संगठन, युनिसेफ, विश्व बैंक र गाभी सम्मिलित गठबन्धन बनेकाले यसलाई कोभ्याक्स नामाकरण गरिएको हो । खोप खरिद प्रक्रियाका लागि बजेटको जोहो गर्ने काम भइरहेको छ ।

विश्वका विभिन्न देशमा एक सयभन्दा बढी खोपबारे अनुसन्धान भइरहेको छ । तीमध्ये एघार वटा खोपबारे तेस्रो चरण (थर्ड फेज) मा अनुसन्धान भइरहेको छ भने उत्पादक कम्पनीले तीन वटा खोप प्रभावकारिता ९० चन्दा माथि रहेको दावी गरेका छन् । राजधानी दैनिकबाट

प्रकाशित मिति : २०७७, १९ मंसिर शुक्रबार  ९ : ०० बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने