२०८३, १५ कार्तिक आईतबार

पौडयाललाई सांसद श्रेष्ठको आग्रह : रिवन काट्न रहर नै भए विमानस्थल पनि उद्घाटन सकेर फर्किनुहोला

पौडयाललाई सांसद श्रेष्ठको आग्रह : रिवन काट्न रहर नै भए विमानस्थल पनि उद्घाटन सकेर फर्किनुहोला


काठमाडौं १८ मंसिर : प्रतिनीधि सभाका सांसद एवं नेकपाका नेता किसान श्रेष्ठले काग्रेंसका नेता रामचन्द्र पौड्याललाई उद्घाटनको भोक नै लागेको हो भने विमानस्थल र रंगशालाको पनि उद्घाटन गरेर काठमाडौं फर्किन आग्रह गनुभएको छ । ‘उद्घाटनको भोक नै हो भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी एयरपोर्ट पनि सकिन लाग्यो, अब त्यो पनि उद्घाटन गरेर फर्किनुस् । कसैसँग समन्वय र विधि नचाहिने रहेछ, यो सरकारले थुप्रै विकास निर्माणको काम गरेको छ, पौडेलजी तपाईंले उद्घाटन गर्दै हिँड्नुहोला ।’ श्रेष्ठले बताउनुभयो ।

उहाँले जनतासँग पराजित व्यक्तिले विधि र पद्धतिमिचेर उल्टै लोकतन्त्रको चर्को कुरा गरिरहेको बताउनुभयो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका श्रेष्ठले जनताबाट अस्वीकृत पौडेलले पद्धति मिच्नखोज्दा जनताले प्रतिवाद गरेको बताउनुभयो ।

भौतिक मन्त्रालयले बनाएको पुललाई सम्बन्धित मन्त्रालयले तथा सडक विभागलाई जानकारी नै नगराई उद्घाटन गरिएको श्रेष्ठले बताउनभुयो । ‘मन्त्रालयले बनाएको पुललाई आफुखुसी उद्घाटन गर्न पाईंदैन ।’ श्रेष्ठले भन्नुभयो । ‘संघीय सरकारले बनाएको पुल संघीय सरकारको अनुमति विना उद्घाटन गर्न पाइँदैन।’ उहाँले बताउनुभयो । पौडेलले विधि तोडेको श्रेष्ठको भनाई छ ।

पौडेलले जनमतको कदर समेत नगरेको उहाँको आरोप छ । ‘जनताको मन जित्न नसके पछि चुनाव हार्नुभएको हो। जनताले विरोध गर्नु स्वभाविक हो,’ उहाँले भन्नुभयो । गत निर्वाचनमा श्रेष्ठले कांग्रेस नेता पौडेललाई ६ हजार ४१४ मतान्तरले पराजित गर्नुभएको थियो ।

यसैबीच, पौडेलले व्यास नगरपालिकाका १,१० र ११ जोड्ने पुल शक्ती प्रदर्शनका बीच उद्घाटन गर्नुभएको छ ।

प्रकाशित मिति : २०७७, १८ मंसिर बिहीबार  ५ : २९ बजे

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग

काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि

इनम प्रकरण र न्यायालयको दुरावस्था 

अधिवक्ता चिरञ्जीवी नेपाल  न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्ने