२०८२, १० माघ शनिबार

रामचन्द्रको पक्राउप्रति देउवाको आक्रोश : सरकारविरुद्ध देशव्यापी प्रतिरोध गर्छौं

रामचन्द्रको पक्राउप्रति देउवाको आक्रोश : सरकारविरुद्ध देशव्यापी प्रतिरोध गर्छौं


काठमाडौं, १७ मंसिर  : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेपछि सभापति शेरबहादुर देउवाले त्यसको विरोध गरेको छन्। तनहुँमा पुलको उद्घाटन गर्न पुगेको नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले रिहाइको माग गरेका हुन्।

सभापति देउवाले बुधबार विज्ञप्ति निकालेर तत्काल रिहाको माग गरेका छन्। नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको आरोप लगाएका छन्।

सरकारको यो निन्दनीय व्यवहारको भर्त्सना गर्दै तत्काल उहाँलाई रिहाइ गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु,’ उनले भनेका छन्।

वर्तमान सरकारको अधिनायकवादीको आकांक्षा को जग भएको यो घटनाप्रति कडा विरोध गर्दै अधिनायकवादी अभिष्‍टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एकढिक्का हुने चेतावनीसमेत दिएका छन्।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको छ। तनहुँमा पुल उद्घाटन कार्यक्रमका क्रममा कांग्रेस र नेकपानिकट युवा संघबीच विवाद भएपछि निषेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित मिति : २०७७, १७ मंसिर बुधबार  ५ : ३० बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई