२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा ३८ जना कोरोना संक्रमित निको भएर घर फर्किए, १४ जनामा संक्रमण पुष्टि

काभ्रेमा ३८ जना कोरोना संक्रमित निको भएर घर फर्किए, १४ जनामा संक्रमण पुष्टि

काभ्रेमा ११२ जना महिला र १५३ जना पुरुष संक्रमित


बनेपा १४ मंसिर  :  काभ्रेमा कोरोना भाईरस संक्रमित मध्ये आज ३८ जना निको भएर घर फर्किएका छन् ।  जिल्लाका संक्रमित मध्ये २ हजार ५ सय ७५ जना भाईरस मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यस्तै आईतबार जिल्लामा १४ जना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितहरुमा बनेपा नगरपालिकाका ५ जना पुरुष, धुलिखेल र पनौती नगरपालिकाका १÷१ जना पुरुष रहेका छन् । यस्तै पाँचखाल नगरपालिकाका १ पुरुष र १ महिला, नमोबुद्ध नगरपालिकाका १ पुरुष र १ महिला,भुम्लु,बेथानचोक गाँउपालिका र मण्डनदेउपुर नगरपालिकाका १/१ जना महिलामा संक्रमण पुष्टि भएको कार्यालयका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनुभयो ।

योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ८ सय ७६ पुगेको छ । अझै जिल्लामा ११२ जना महिला र १५३ जना पुरुष गरी २ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् । प्रमुख डाक्टर झाका अनुसार १० जना अस्पताल आइसोलेसनमा र २ सय ५५ जना होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : २०७७, १४ मंसिर आईतबार  ८ : ०० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना