२०८३, २३ आश्विन शनिबार

चिनियाँ रक्षामन्त्री वेई काठमाडौंमा,पहिले भेट प्रधानसेनापति पूर्णचन्द्र थापासँग

चिनियाँ रक्षामन्त्री वेई काठमाडौंमा,पहिले भेट प्रधानसेनापति पूर्णचन्द्र थापासँग


काठमाडौं, १४ मंसिर । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे काठमाडौं आइपुगेका छन् । नेपालको एक दिने औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधि मण्डलसहित वेई काठमाडौं आइपुगेका हुन् ।

उनी चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवम् रक्षामन्त्री हुन् । एयर चाईनाको विमानमार्फत भित्रुवन विमानस्थल अवतरण गरेका वेई विभानस्थलबाट बालुवाटारस्थित चिनियाँ दूतावास जाने कार्यक्रम छ ।

सबैभन्दा पहिले उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ । उनी दिउँसो दुई बजे जंगीअड्डा पुग्ने छन् । सबैभन्दा पहिले जंगीअड्डामा नेपाली सेनाको टोलीले चिनियाँ रक्षामन्त्री फेङ्हीलाई सम्मानगारथ अर्पण गर्ने छ । त्यसपछि उनले प्रधानसेनापति थापालाई शिष्टाचार कल ९अफिस कल० गर्ने छन् ।

त्यसपछि चिनियाँ टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय छलफल हुने छ । जंगीअड्डापछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् ।

उनले नेपालमा करिब आठ घण्टा बिताउने बताइएको छ । भ्रमण पूरा गरेर वेई आइतबार साँझ स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७, १४ मंसिर आईतबार  ११ : १४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य