२०८३, १५ कार्तिक आईतबार

सचिवालय बैठकमा कसले गर्‍यो नेताहरुको अडियो रेकर्ड ?

सचिवालय बैठकमा कसले गर्‍यो नेताहरुको अडियो रेकर्ड ?


काठमाडौं, १० मंसिर :  अघिल्लो बुधबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले बोलेका कुरा उनकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र निजी क्षेत्रको उनकै निकट यौटा दैनिक पत्रिकामा आएपछि नेकपाभित्र अविश्वास थप चुलिएको छ ।

बैठक सकिएको केही क्षणमै सचिवालयमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गरेको सम्बोधनको पाठ हुबहु बाहिर छरपस्ट भएको छ । ‘अब उक्त विषय पनि सचिवालयको आगामी बैठकमा नयाँ र पेचिलो ढंगले प्रस्तुत हुने’ बताउँदै बहुमत समूहका एक जना सदस्य भन्छन् ‘अबदेखि महत्वपूर्ण बैठकमा बोलिएको अडियो रेकर्ड सबैले सबैलाई दिन सकिने गलत नजिर स्थापित भएको छ ।’

उनका अनुसार बैठकमा, ‘अडियो रेकर्ड गर्ने प्रचलन छैन र यसपटक गर्ने पनि भनिएको थिएन । तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्षले गरेको सम्बोधनको पूर्ण पाठको अडियो अन्नपूर्ण दैनिक र गोरखापत्र दैनिकमा साँझतिर सोझै बालुवाटारले उपलब्ध गराएको स्पष्ट भएको छ ।’

उनका अनुसार अन्नपूर्ण दैनिकले प्रधानमन्त्रीको स्वकीय सचिवालयले उपलब्ध गराएको अडियोको सम्पादित अंश भनेर उल्लेख गर्नुले पनि बैठकमा बालुवाटारले प्रविधिको चरम दुरूपयोग गरेको प्रमाणित भएको छ ।

उक्त घटनाले अब पार्टीको कुनैपनि बैठकमा रेकर्ड हुँदैन भन्ने कुरोको ग्यारेण्टी सकिएकाले भोलिका दिनमा कोही पनि सुरक्षित नरहने सन्देश समेत दिएको छ । कम्युनिष्ट पार्टीको उपल्लो तहको बैठकमा बोलिएका र व्यक्त गरिएका धारणालाई रेकर्ड गरेर सम्पूर्ण आवाज आफू अनुकूलका मिडिया र व्यक्तिलाई उपलब्ध गराउने परिपाटीले समस्या झन् बल्झिने खतरा छ । जनआस्था साप्ताहिकबाट

प्रकाशित मिति : २०७७, १० मंसिर बुधबार  ९ : २९ बजे

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग

काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि

इनम प्रकरण र न्यायालयको दुरावस्था 

अधिवक्ता चिरञ्जीवी नेपाल  न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्ने