२०८३, ७ कार्तिक शनिबार

धुलिखेलको शंखुमा चक्लाबन्दी खेती सुरु

धुलिखेलको शंखुमा चक्लाबन्दी खेती सुरु


धुलिखेल ९ मंसिर धुलिखेल नगरपालिकाको वडा नम्बर १२ शंखुमा चक्लाबन्दी खेती सुरु भएको छ ।  शंखु तथा ईटे क्षेत्रको  दुई सय रोपनी जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको नगरपालिकाको कृषि शाखाका प्रमुख मन्दील कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार स साना गरा भएका खेतहरुलाई मिलाएर चक्लाबन्दी खेती गर्ने तयारी गरिएको छ ।  चक्लाबन्दी खेती गर्दा यान्त्रीकरण गर्न सजिलो हुने र कृषि जन्य उत्पादन बढी लिन सकिने छ ।

यो योजनाका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण आलु सुपरजोन काभ्रेको ५० प्रतिशत र धुलिखेल नगरपालिकाको २५ प्रतिशत र गौरी शंकर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको २५ प्रतिशत सहयोग गर्ने नगरपालिकाले जनाएको छ । यस्तै नगरपालिकाले एक वडा एक कुषि पकेट क्षेत्र बनाउने योजना अगाडी बढाएको छ ।

१२ ओटै वडामा तरकारी,फलफुल लागयत सम्भवना अनुसार पकेट क्षेत्र बनाईने नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ९ मंसिर मंगलबार  ८ : ५० बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने