धुलिखेल ९ मंसिर धुलिखेल नगरपालिकाको वडा नम्बर १२ शंखुमा चक्लाबन्दी खेती सुरु भएको छ । शंखु तथा ईटे क्षेत्रको दुई सय रोपनी जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको नगरपालिकाको कृषि शाखाका प्रमुख मन्दील कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार स साना गरा भएका खेतहरुलाई मिलाएर चक्लाबन्दी खेती गर्ने तयारी गरिएको छ । चक्लाबन्दी खेती गर्दा यान्त्रीकरण गर्न सजिलो हुने र कृषि जन्य उत्पादन बढी लिन सकिने छ ।
यो योजनाका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण आलु सुपरजोन काभ्रेको ५० प्रतिशत र धुलिखेल नगरपालिकाको २५ प्रतिशत र गौरी शंकर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको २५ प्रतिशत सहयोग गर्ने नगरपालिकाले जनाएको छ । यस्तै नगरपालिकाले एक वडा एक कुषि पकेट क्षेत्र बनाउने योजना अगाडी बढाएको छ ।
१२ ओटै वडामा तरकारी,फलफुल लागयत सम्भवना अनुसार पकेट क्षेत्र बनाईने नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
प्रतिक्रिया