२०८३, २३ आश्विन शनिबार

प्रचण्ड र माधाव नेपालबीच फेरी विवाद, किन रिसाए वरिष्ठ नेता नेपाल ?

प्रचण्ड र माधाव नेपालबीच फेरी विवाद, किन रिसाए वरिष्ठ नेता नेपाल ?

नेपालको प्रचण्डलाई प्रश्न, राजनीतिक प्रस्ताव किन गाउँतहसम्म पठाएको ?


काठमाडौं, ९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं वरिष्ठ नेता माधवकुमार नेपाल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट बनेका छन् ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरणपछि पार्टीभित्र एउटै समूहमा अनुबन्धित भएर पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गतिविधि सञ्चालन गर्दै आएका नेता नेपाल प्रचण्डको पछिल्लो कार्यशैलीबाट रुष्ट बनेका हुन् ।

खासगरी प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा पेश गरेको ‘राजनीतिक प्रस्ताव’ पुस्तकका रुपमा छपाई गरेर पार्टीको तल्लो कमिटीसम्म पठाउन थालेपछि उनी प्रचण्डसँग रिसाएका हुन् । प्रचण्डले उक्त राजनीतिक प्रस्तावलाई ‘राजनीतिक दस्तावेज’ भन्दै छपाई गरेर पार्टीका विभिन्न कमिटीगत तहमा पठाएका छन् ।

उनले त्यो प्रस्तावलाई सचिवालय बैठकमा आफूले प्रस्तुत गरेको ‘राजनीतिक दस्तावेज’ भनेर पार्टीको तल्लो तहसम्म पठाइरहेका छन् । यद्यपि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने उक्त प्रस्तावलाई ‘आरोपपत्र’को संज्ञा दिँदै आएका छन् ।

बैठकमा पेश भएको उक्त प्रस्तावमाथि प्रधानमन्त्रीको जवाफ नआउँदै पुस्तकको रुपमा प्रकाशन गरेर तल्लो कमिटीमा पठाएपछि वरिष्ठ नेता नेपालले आपत्ति सोत जनाएका छन् । त्यसलाई सचिवालयले निर्णय गरेर मात्रै पठाउन सकिने भन्दै उनले त्यस्तो हर्कतलाई रोक्न आग्रह समेत गरेका छन् ।

यद्यपि, उक्त प्रस्ताव ‘झूटहरुको पुलिन्दा’ भएको भन्दै अध्यक्ष ओलीले कुनै जवाफ नदिने बताउँदै आएका छन् ।

नेता नेपालले पनि आफूहरुसँग सल्लाह नै नगरी एकलौटी रूपमा आरोपपत्रलाई तल्लो तहको कमिटीमा लगेकाले यो राम्रो संकेत नभएको बताएका छन् । प्रचण्डले गत कात्तिक २८ गते पेश गरेको २८ पृष्ठ लामो प्रस्तावलाई पुस्तकको आकार दिई प्रदेश र जिल्ला कमिटीमा पठाएका छन् ।

प्रचण्डको कदमले पार्टी विभाजनतर्फ लैजाने नेता नेपालको धारणा छ । आफूहरुले अध्यक्ष ओलीको कार्यशैली सच्चाउने तथा पार्टीलाई विधि, पद्धती र कमिटीसम्मत तरिकाले चलाउनका लागि मात्रै उक्त प्रस्ताव दर्ज गरेको तर, पुस्तक नै बनाएर वितरण गर्नुमा आफ्नो संलग्नता र समर्थन नरहेको नेता नेपालले स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २०७७, ९ मंसिर मंगलबार  ७ : २१ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य