२०८२, २५ भाद्र बुधबार

बजारमा चिनीको भाउ १ सय रुपैयाँसम्म बढेको उपभोक्ताको गुनासो

बजारमा चिनीको भाउ १ सय रुपैयाँसम्म बढेको उपभोक्ताको गुनासो


काठमाडौंं ७ मंसिर केही दिन अघिसम्म किलोको ८० देखि ८५ रुपैयाँमा चिनी खरिद गर्ने गरेका उपभोक्ताले अहिले किलोको १ सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन् । बजारमा चिनीको अभाव नहुँदा पनि व्यापारीले आफूखुसी चिनीको भाउ बढाउँदा उपभोक्ता समस्यामा परेका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले तत्काल बजार अनुगमन गर्ने बताउनुभएको छ । अहिले चिनीको मूल्य बढ्नु अस्वभाविक भएको उहाँको भनाइ छ । तराईमा उखु भित्र्याउने सिजन सुरु भइसकेकाले उत्पादन बढ्नासाथ चिनीको मूल्य घट्नुपर्ने उहाँले बताउनुभयो ।

चिनीको भाउ बढ्नुपर्ने कुनै कारण नहुँदा पनि व्यापारीले भाउ बढाएको भए तत्काल बजार अनुगमन गरेर कारबाही गर्ने सुवेदीले बताउनुभयो । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ताको गुनासो सुन्न सार्वजनिक गरेको एप लकडाउनको समयमा बिग्रिएकाले पनि उपभोक्ताबाट धेरै गुनासो संकलन गर्न नपाएको उहाँको भनाइ छ ।

अहिले भने यो एप सञ्चालनमा आइसकेको छ । उपभोक्ताले आफ्नो मोबाइलबाटै गुनासो गर्ने गरी एपको प्रयोग गर्न सक्ने विभागले जनाएको छ । तर त्यसको लागि मोबाइलमा एप डाउनलोड गर्ने अथवा एसएमएस पनि गर्न सकिनेछ ।

गुनासोको आधारमा वास्तविकता बुझेर विभागले कारबाही गर्ने प्रकृया अगाडि बढाउने उहाँले बताउनुभयो । पछिल्लो समय विभागमा ११ सयभन्दा धेरै उपभोक्ताले ठगिएको उजुरी गरेका छन् ।

प्रकाशित मिति : २०७७, ७ मंसिर आईतबार  १० : ४० बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा