२०८३, ७ कार्तिक शनिबार

थप १६७४ जनामा कोरोना पुष्टि, काभ्रेमा थपिए २६ संक्रमित

थप १६७४ जनामा कोरोना पुष्टि, काभ्रेमा थपिए २६ संक्रमित

दुई लाख १८ हजार ६ सय ३९ संक्रमित


काठमाडौं ६ मंसिर :  नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार शनिबारसम्ममा कोरोना संक्रमितको संख्या दुई लाख १८ हजार ६ सय ३९ पुगेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा तीन सय ८७ महिला र पाँच सय १२ पुरुष गरी ८९९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा दुई हजार तीन सय २३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ९३ हजार तीन सय २५ पुगेको छ ।

यसैगरी काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज १५ जना डिस्चार्ज भएका छन् । यो संगै जिल्लाका संक्रमित मध्ये हाल सम्म एक हजार आठ सय ८० जना निको भएका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज जिल्लामा २६ जना संक्रमित थपिएका छन् ।

बनेपा नगरपालिकाका ५ जना महिला र ४ जना पुरुष,धुलिखेल नगरपालिकाका ६ जना महिला र ४ जना पुरुष,पाँचखाल र मण्डनदेउपुर नगरपालिकाका १/१  जना महिला ,रोशी गाँउपालिकाका २ पुरुष , तेमाल र चौरीदेउराली गाँउपालिकाका १,१ जना पुरुषमा भाईरसको संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो ।

योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ३ सय ५९ पुगेको छ । जिल्लामा हाल ४ सय ४६ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये अस्पताल आइसोलेसनमा १७ जना र होम आइसोलेसनमा ४ सय २९ जना रहेका डाक्टर झाले बताउनुभयो । भाईसरका कारण जिल्लाका ३३ जनाको ज्यान गईसकेको छ ।

प्रकाशित मिति : २०७७, ६ मंसिर शनिबार  ६ : ३२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना