२०८२, २४ कार्तिक आईतबार

काभ्रेमा मामाघरबाट फर्किदै गरेकी बालिकामाथि बलात्कार प्रयास, आफन्तद्वारा न्यायको माग (भिडियो सहित)

काभ्रेमा मामाघरबाट फर्किदै गरेकी बालिकामाथि बलात्कार प्रयास, आफन्तद्वारा न्यायको माग (भिडियो सहित)


धुलिखेल, ६ कात्तिकः काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ६ की १४ बर्षीय बालिका माथि बलात्कार प्रयास भएको आफन्तले बताएका छन् । बिहीबार मामाघरबाट आफ्नो घर तर्फ जाँदै गर्दा बीचबाटोमा ती बालिकामाथि बलात्कार प्रयास भएको हो । पालिकाको वडा नम्बर ७ फलाटेको रातमोटे जगंलमा बालिकामाथि बलात्कार प्रयास भएको आफन्तले बताएका छन् ।

बालिका मामाघरबाट केहि बेर हिडेपछि एक अपरिचित युवापछि लागेको बताइएको छ । बालिकालाई विवाह गर्न दबाब दिएको र कलिलै उमेरमा विवाह नगर्ने बताएपछि बलात्कारको प्रयास भएको आफन्तले जनाएका छन् । युवाले बालिकामाथि पछाडिबाट छुरा समेत प्रहार गरेका छन् । छुरा प्रहारबाट बालिका घाइते भएकी छिन् ।

भिडियो हेरौँ

बलात्कार गर्ने मनसायले ती युवाले बालिकालाई लखेट्दै छुरा हानेको प्रहरीले बताएको छ । बालिकालाई रगताम्य अवस्थामा टिपर चालकले देखेका थिए । उनै चालकले आफन्तलाई फोन गरेर बालिकाको अवस्था जानकारी गराएका हुन् । घटना स्थल पुगेका आफन्तले बालिकालाई अर्धचेत अवस्थामा उद्दार गरेका थिए ।

घाइते बालिकाको धुलिखेल अस्पतालमा उपचार गरिएको छ । बलात्कार प्रयास गर्ने युवालाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ । वडा नम्बर ७ का अन्दाजी २७÷२८ बर्षीय प्रदीप भुजेल पक्राउ परेका हुन् । बालिकाका बुबा र आमाले शनिबार जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बलात्कार गर्ने युवा विरुद्ध किटानी जाहेरी दिएका छन् । उनीहरुले गाउँमा असुरक्षा बढेको दोषीलाई हदैँसम्मको कारबाही र सुरक्षाको माग गरेका छन् ।

प्रकाशित मिति : २०७७, ६ मंसिर शनिबार  २ : ४३ बजे

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा