२०८३, १२ आश्विन मंगलबार

काभ्रेमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमितको निधन

काभ्रेमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमितको निधन


धुलिखेल, १ मंसिरः काभ्रेमा एकैदिन ३ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय काभ्रेले उपलब्ध गराएको तथ्याङ्क अनुसार आज एकैदिन ३ जना संक्रमितको निधन भएको हो ।

मृतक ३ जना मध्ये २ जनाको धुलिखेल अस्पता र १ जनाको शीर मेमोरियल अस्पताल बनेपामा निधन भएको हो । मृतक मध्ये पाँचखालका ९१ बर्षीय पुरुष र बनेपाका ७२ बर्षीय पुरुष काभ्रे जिल्लाका हुन् । ७३ बर्षीय पुरुष भने भक्तपुर जिल्लाको रहेको स्वास्थ्य काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

यसैबीच धुलिखेलका ७६ बर्षीय महिलाको कात्तिक २९ गते निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । महिलाको धुलिखेल अस्पतालमा निधन भएको हो । यो सँगै कोरोना भाइरसबाट संक्रमित भएका काभ्रेका ३१ जनाको निधन भइसकेको छ ।

जिल्लामा आज ११ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितमा सबैभन्दा बढी बनेपा नगरपालिका ५ जना महिला र १ जना पुरुष छन् । तयस्तै धुलिखेल नगरपालिकाका १ जना पुरुष, पनौती नगरपालिकाका १, १ महिला र पुरुष र नमोबुद्ध नगरपालिकाका २ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २२४३ पुगेको छ ।

आज २० जना संक्रमितले कोरोना भाइरस जितेका छन् । यो सँगै कोरोना भाइरस जित्नेको संख्या १७०३ पुगेको छ । जिल्लामा होम आइसोलेसनमा ४७२ जना रहेका छन् भने अस्पतालको आइसोलेसनमा ३७ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, १ मंसिर सोमबार  ४ : ३४ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय