२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमितको निधन

काभ्रेमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमितको निधन


धुलिखेल, १ मंसिरः काभ्रेमा एकैदिन ३ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय काभ्रेले उपलब्ध गराएको तथ्याङ्क अनुसार आज एकैदिन ३ जना संक्रमितको निधन भएको हो ।

मृतक ३ जना मध्ये २ जनाको धुलिखेल अस्पता र १ जनाको शीर मेमोरियल अस्पताल बनेपामा निधन भएको हो । मृतक मध्ये पाँचखालका ९१ बर्षीय पुरुष र बनेपाका ७२ बर्षीय पुरुष काभ्रे जिल्लाका हुन् । ७३ बर्षीय पुरुष भने भक्तपुर जिल्लाको रहेको स्वास्थ्य काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

यसैबीच धुलिखेलका ७६ बर्षीय महिलाको कात्तिक २९ गते निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । महिलाको धुलिखेल अस्पतालमा निधन भएको हो । यो सँगै कोरोना भाइरसबाट संक्रमित भएका काभ्रेका ३१ जनाको निधन भइसकेको छ ।

जिल्लामा आज ११ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितमा सबैभन्दा बढी बनेपा नगरपालिका ५ जना महिला र १ जना पुरुष छन् । तयस्तै धुलिखेल नगरपालिकाका १ जना पुरुष, पनौती नगरपालिकाका १, १ महिला र पुरुष र नमोबुद्ध नगरपालिकाका २ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २२४३ पुगेको छ ।

आज २० जना संक्रमितले कोरोना भाइरस जितेका छन् । यो सँगै कोरोना भाइरस जित्नेको संख्या १७०३ पुगेको छ । जिल्लामा होम आइसोलेसनमा ४७२ जना रहेका छन् भने अस्पतालको आइसोलेसनमा ३७ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, १ मंसिर सोमबार  ४ : ३४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना