२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा ३८ जना संक्रमित थपिए, २८ जना निको भए

काभ्रेमा ३८ जना संक्रमित थपिए, २८ जना निको भए


धुलिखेल, २८ कात्तिकः काभ्रेमा ३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ३८ जना संक्रमित थपिएका हुन् ।

थपिनेमा सबैभन्दा बढी बनेपाल नगरपालिका ७ जना महिला, ५ जना पुरुष छन् । त्यस्तै पनौती नगरपालिकाका ६ जना पुरुष, ५ जना महिला र धुलिखेल नगरपालिकाका ४÷४ महिला र पुरुष रहेका छन् ।

यसैगरी मण्डनदेउपुर नगरपालिकाका ३ जना महिला र २ जना पुरुष रहेका छन् । पाँचखाल नगरपालिका र चौरीदेउराली गाउँपालिकाका १, १ जना पुरुष पनि संक्रमित भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २२०४ पुगेको छ । जसमा पुरुष १३०८ जना र महिला ८९६ जना रहेका छन् ।

यसैबीच काभ्रेमा पछिल्लो २४ घण्टाभित्र २८ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या १६३७ पुगेको छ । जसमा १०१४ जना पुरुष र ६२३ जना महिला छन् । जिल्लाका ४९७ जना संक्रमित होम आइसोलेसनमा छन् भने ४३ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २०७७, २८ कार्तिक शुक्रबार  ५ : ४७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना