२०८२, १० फाल्गुन आईतबार

काभ्रेमा आज ४७ जनामा संक्रमण पुष्टि, ५६ जना निको भएर घर फर्किए

काभ्रेमा आज ४७ जनामा संक्रमण पुष्टि, ५६ जना निको भएर घर फर्किए


धुलिखेल २७ कार्तिक काभ्रेमा आज कोरोना भईरसका संक्रमित मध्ये ५६ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसँगै जिल्लाका संक्रमित मध्ये १ हजार ६ सय ९ जनाले भाइरसलाई जितेर घर फर्किएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाले बताउनुभयो ।

यस्तै बिहिबार जिल्लामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डाक्टर झाका अनुसार बनेपा नगरपालिकाका ६ जना महिला र १० जना पुरुष, धुलिखेल नगरपालिकाका १३ जना महिला र १० जना पुरुष, पनौतीका १ जना महिला र २ जना पुरुष, पाँचखालमा १ जना महिला, नमोबुद्धमा १ जना पुरुष रहेका छन् ।  यसैगरी बेथान्चोक गाउँपालिकामा १ जना पुरुष र रोशीमा १ जना पुरुष १ जना महिला रहेका छन् ।

योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार १ सय ६६ पुगेको छ । जिल्लामा हाल ५ सय ३० जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये अस्पताल आइसोलेसनमा ४३ जना र होम आइसोलेसनमा ४ सय ८७ जना रहेका डाक्टर झाले बताउनुभयो । हाल सम्म जिल्लाका २७ जनाको कोरोना भाईरसका कारण ज्यान गएको छ ।

प्रकाशित मिति : २०७७, २७ कार्तिक बिहीबार  ७ : ४२ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार