डाँडापारी २७ कार्तिक : काभ्रेको विकट डाँडाँपारी क्षेत्रमापर्ने खानिखोला गाँउपालिकाको ६ ओटा विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ ।
गाँउपालिकाको बिभिन्न वडाहरुको ६ ओटा माध्यमिक विद्यालयहरुमा कम्प्युटर ल्याब स्थापना गरिएको गाँउपालिकाका प्रवक्ता मान बहादुर गोले जानकारी दिनुभयो । प्रवक्ता गोलेका अनुसार वडा नम्बर ७ को बुद्ध मा.बि र जनहित मावि, वडा नम्बर २ को वालबिकास मा.बि, वडा नम्बर ४ को कुमारी मा.विमा ल्याब स्थापना गरिएको हो ।
गाउँपालिको वडा नम्बर ५ मा रहेको जनबिकास मा .बि र वडा नम्बर ६ का सारदा मा.बि मा प्रोजेक्टर, चार्ज कन्ट्रोलर, फोटोकपी, प्रिन्टर, राउडर लागायत सचना प्रविधि सम्बन्धी सबै समानहरु जडान गरिएको छ । प्रत्येक विद्यालयमा २४ ओटा कम्प्युटर सहित करिब २५ लाख बराबरको सामानहरु सहित ल्याब स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालले बताउनु भयो ।
प्रतिक्रिया