२०८३, २३ आश्विन शनिबार

प्रधानमन्त्री ओली र प्रचण्ड भेटवार्ता, फेरी प्रचण्ड समुहको धुम्बाराहीमा छलफल शुरु

प्रधानमन्त्री ओली र प्रचण्ड भेटवार्ता, फेरी प्रचण्ड समुहको धुम्बाराहीमा छलफल शुरु


काठमाडौं, २५ कार्तिक :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयका शीर्ष पाँच नेताको छलफल पार्टी मुख्यालय धुम्बाराहीमा शुरु भएको छ ।

छलफलमा सचिवालयका बहुमत सदस्य सहभागी छन् । अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलमा सहभागी छन् ।

छलफलअघि बालुवाटार पुगेर नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग भेटेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुम्बाराही पुगेपछि छलफल शुरु भएको हो ।

बालुवाटारमा प्रधानमन्त्रीसँग भएको भेटको ब्रिफिङ प्रचण्डले बैठकमा गरिरहेका छन् । बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीचको छलफलमा बिहीबारसम्ममा सचिवालय बैठक बोलाउने विषयमा कुराकानी भएको छ ।

धुम्बाराहीमा जारी छलफललाई सचिवालय सदस्यको अनौपचारिक छलफल भनिएको छ । बैठकमा प्रधानमन्त्री ओलीसँगै सचिवालयका अन्य तीन सदस्य सहभागी छैनन् । सचिवालयका वहुमत सदस्यले वैठक माग गर्दै बुझाएको पत्रबारे ओलीले तीन दिनमा पनि ठोस निर्णय नदिएपछि कार्यकारी अध्यक्ष प्रचण्डले आजको वैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २०७७, २५ कार्तिक मंगलबार  ६ : ५२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य