२०८३, १२ आश्विन मंगलबार

काभ्रेका १ संक्रमितको निधन, ५४ जना थपिए, ४५ जना निको भए

काभ्रेका १ संक्रमितको निधन, ५४ जना थपिए, ४५ जना निको भए


धुलिखेल, २५ कात्तिकः काभ्रेका एक कोरोना संक्रमितको निधन भएको छ । बनेपा नगरपालिकाका ७९ बर्षीय पुरुषको आज निधन भएको हो । ती पुरुषमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । योसँगै काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । हालसम्म १८ पुरुष र ९ जना महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

काभ्रेमा आज ५६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जसमा सबैभन्दा भन्दा धुलिखेल नगरपालिकाका १४ जना पुरुष र ११ जना महिला रहेका छन् । त्यस्तै बनेपा नगरपालिकाका ११ जना पुरुष र १० जना महिला रहेको छ । पाँचखाल नगरपालिकाका २ जना महिला, १ जना पुरुष र पनौती नगरपालिकाका १, १ महिला पुरुष संक्रमित भएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार भुम्लु, महाभारत र खानीखोला गाउँपालिकाका १,१ जना पुरुष पनि संक्रमित भएका छन् । योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २१०१ पुगेको छ । जसमा १२५४ जना पुरुष र ८४७ जना महिला रहेका छन् ।

यसैबीच काभ्रेमा आज ४५ जनाले कोरोना भाइरस जितेका छन् । योसँगै जिल्लामा कोरोना भाइरस मुक्त हुनेको संख्या १५२४ पुगेको छ । ९४७ जना पुरुष र ५७७ जना महिलाले कोरोना भाइरस जितेका हुन् । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ५५० रहेको छ । होम आइसोलेसनमा ५१५ जना र अस्पतालको आइसोलेसनमा ३५ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, २५ कार्तिक मंगलबार  ६ : १५ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय