२०८३, ७ कार्तिक शनिबार

काभ्रेका १ संक्रमितको निधन, ५४ जना थपिए, ४५ जना निको भए

काभ्रेका १ संक्रमितको निधन, ५४ जना थपिए, ४५ जना निको भए


धुलिखेल, २५ कात्तिकः काभ्रेका एक कोरोना संक्रमितको निधन भएको छ । बनेपा नगरपालिकाका ७९ बर्षीय पुरुषको आज निधन भएको हो । ती पुरुषमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । योसँगै काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । हालसम्म १८ पुरुष र ९ जना महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

काभ्रेमा आज ५६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जसमा सबैभन्दा भन्दा धुलिखेल नगरपालिकाका १४ जना पुरुष र ११ जना महिला रहेका छन् । त्यस्तै बनेपा नगरपालिकाका ११ जना पुरुष र १० जना महिला रहेको छ । पाँचखाल नगरपालिकाका २ जना महिला, १ जना पुरुष र पनौती नगरपालिकाका १, १ महिला पुरुष संक्रमित भएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार भुम्लु, महाभारत र खानीखोला गाउँपालिकाका १,१ जना पुरुष पनि संक्रमित भएका छन् । योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २१०१ पुगेको छ । जसमा १२५४ जना पुरुष र ८४७ जना महिला रहेका छन् ।

यसैबीच काभ्रेमा आज ४५ जनाले कोरोना भाइरस जितेका छन् । योसँगै जिल्लामा कोरोना भाइरस मुक्त हुनेको संख्या १५२४ पुगेको छ । ९४७ जना पुरुष र ५७७ जना महिलाले कोरोना भाइरस जितेका हुन् । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ५५० रहेको छ । होम आइसोलेसनमा ५१५ जना र अस्पतालको आइसोलेसनमा ३५ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, २५ कार्तिक मंगलबार  ६ : १५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना