२०८३, १४ बैशाख मंगलबार

२१ किलो–अत्तरपुर–लिसंखु–वाफल सडकमा पिचको काम सुरु 

२१ किलो–अत्तरपुर–लिसंखु–वाफल सडकमा पिचको काम सुरु 


धुलिखेल, २४ कात्तिकः सिन्धुपाल्चोक जिल्लाकोे लिसंखु–पाखर गाउँपालिकाको २१ किलो– अत्तरपुर–लिसंखु–ठोकर्पा सडकमा पिचको काम सुरु भएको छ । बागमती प्रदेश सरकारको आर्थिक पहिलो चरणमा ५ किलो मिटर सडक पिच हुने छ । पहिलो खण्ड पिच हुने सडकको बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले शिलान्यास गर्नु भएको हो ।

५ किलो मिटर सडक पिच गर्न लागि ९ करोड १९ लाख ९ हजार ५८७ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । रसुवा रोशन एलिज जेभीले ठेक्का पाएर काम शुरु गरेको छ । २०७८ असोज १६ सम्ममा सम्पन्न भईसक्नेछ ।

२१ किलो देखि गाउँपालिकाको प्रशासनिक केन्द्र बुलबुलेसम्म सडक फराकिलो पार्ने काम लगभग सकिएको छ । नाली बनाउने र पिचको काम अब धमाधम हुनेछ । बुलबुलदेखि वाफलसम्म सडक फराकिलो पर्ने र पिच गर्ने काम पनि सुरु गरिने मन्त्री नेपालले बताउनुभयो । यो सडक सुनकोशी गाउँपालिकाको ठोकर्पा हुदँै सुकुटेमा जोडिन्छ ।

मन्त्री नेपालको निर्वाचन क्षेत्रमा यो महत्वपूर्ण योजना मित्र पर्छ । मन्त्री नेपालले यो सहित वाफलको तल्लो खोलाको किनारामा ताल निर्माण, लिसंखुमा बौद्व अध्ययन केन्द्र स्थापना, ठूलो पाखरमा चिस्यान केन्द्र तथा प्राविधिक विद्यालयको स्थापना गर्ने लगायतको योजना अघि सार्नुभएको छ ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष कमल प्रसाद नेपाल, उपाध्यक्ष हेमगंगा मोक्तान, नेकपा लिसंखु पाखरका ईन्चार्ज पुर्ण बहादुर लामा, सह ईन्चार्ज शमसेर शाक्य, पार्टी अध्यक्ष सुर्य लामा, सचिव तथा जिल्ला सदस्य राजु लामा, सातै वडाका अध्यक्ष लगायतका जनप्रतिनिधिहरु सहभागि भएका थिए ।

 

प्रकाशित मिति : २०७७, २४ कार्तिक सोमबार  १० : ५० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले