२०८३, ९ कार्तिक सोमबार

२१ किलो–अत्तरपुर–लिसंखु–वाफल सडकमा पिचको काम सुरु 

२१ किलो–अत्तरपुर–लिसंखु–वाफल सडकमा पिचको काम सुरु 


धुलिखेल, २४ कात्तिकः सिन्धुपाल्चोक जिल्लाकोे लिसंखु–पाखर गाउँपालिकाको २१ किलो– अत्तरपुर–लिसंखु–ठोकर्पा सडकमा पिचको काम सुरु भएको छ । बागमती प्रदेश सरकारको आर्थिक पहिलो चरणमा ५ किलो मिटर सडक पिच हुने छ । पहिलो खण्ड पिच हुने सडकको बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले शिलान्यास गर्नु भएको हो ।

५ किलो मिटर सडक पिच गर्न लागि ९ करोड १९ लाख ९ हजार ५८७ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । रसुवा रोशन एलिज जेभीले ठेक्का पाएर काम शुरु गरेको छ । २०७८ असोज १६ सम्ममा सम्पन्न भईसक्नेछ ।

२१ किलो देखि गाउँपालिकाको प्रशासनिक केन्द्र बुलबुलेसम्म सडक फराकिलो पार्ने काम लगभग सकिएको छ । नाली बनाउने र पिचको काम अब धमाधम हुनेछ । बुलबुलदेखि वाफलसम्म सडक फराकिलो पर्ने र पिच गर्ने काम पनि सुरु गरिने मन्त्री नेपालले बताउनुभयो । यो सडक सुनकोशी गाउँपालिकाको ठोकर्पा हुदँै सुकुटेमा जोडिन्छ ।

मन्त्री नेपालको निर्वाचन क्षेत्रमा यो महत्वपूर्ण योजना मित्र पर्छ । मन्त्री नेपालले यो सहित वाफलको तल्लो खोलाको किनारामा ताल निर्माण, लिसंखुमा बौद्व अध्ययन केन्द्र स्थापना, ठूलो पाखरमा चिस्यान केन्द्र तथा प्राविधिक विद्यालयको स्थापना गर्ने लगायतको योजना अघि सार्नुभएको छ ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष कमल प्रसाद नेपाल, उपाध्यक्ष हेमगंगा मोक्तान, नेकपा लिसंखु पाखरका ईन्चार्ज पुर्ण बहादुर लामा, सह ईन्चार्ज शमसेर शाक्य, पार्टी अध्यक्ष सुर्य लामा, सचिव तथा जिल्ला सदस्य राजु लामा, सातै वडाका अध्यक्ष लगायतका जनप्रतिनिधिहरु सहभागि भएका थिए ।

 

प्रकाशित मिति : २०७७, २४ कार्तिक सोमबार  १० : ५० बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि