२०८३, १८ श्रावण मंगलबार

निजी निवास पुनर्निर्माणको समय वैशाख मसान्तसम्म थपियो

निजी निवास पुनर्निर्माणको समय वैशाख मसान्तसम्म थपियो


काठमाडौं, २४ कार्तिक :  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि आगामी वैशाखसम्मको समय सीमा तोकेको छ ।

विनाशकारी भूकम्प र परकम्पबाट क्षतिग्रस्त निजी आवासको पुनर्निर्माणको अवस्था भने निराशाजनक देखिएको अवस्थामा सो निर्णय गरिएको हो । अनुदान लिन समयसीमा नाघिसक्दा विशेषतः दोस्रो र तेस्रो किस्ता नलिनेको संख्या अत्यधिक भएको अवस्थामा प्राधिकरणले सो निर्णय गरेको जनाएको छ ।

प्राधिकरण कार्यकारी समितिको हालै बसेको बैठकले हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी २०७७ पुस १५ सम्ममा पहिलो किस्ता लिई सक्नुपर्ने निर्णय भएको सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

भूकम्पका कारण क्षति पुगेर बस्न नमिल्ने भएका संरचना पुनर्निर्माण गर्न सरकारले ३ लाख रुपियाँ सहयोग गर्दै आएको छ । सो रकमलाई ५० हजार, डेढ लाख र एक लाख रुपियाँको तीन किस्तामा विभाजन गरिएको छ । भूकम्प प्रतिरोधी घर बनाउनका लागि रकम दिइएकाले सरकारले तोकेको मापदण्ड पूरा गरेर घर बनेको छ कि छैन भन्ने कुरा हेरेर मात्रै थप रकम निकासा गरिन्छ ।

पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीले घर निर्माण शुरु गरी दोस्रो किस्ता लिनका लागि २०७७ माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ । पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ ।

प्राधिकरणको कार्यावधि नै सकिन लागेकाले यो नै अन्तिम समयसीमा हुने उनले बताए । निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानका किस्ता लिन बाँकी भए स्थानीय तहमा निवेदन दिन पनि प्राधिकरणले आह्वान गरेको छ । नेपाल समाचार पत्र दैनिकबाट

प्रकाशित मिति : २०७७, २४ कार्तिक सोमबार  ९ : ३७ बजे

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ