२०८३, ९ कार्तिक सोमबार

काभ्रेका थप १ जना कोरोना संक्रमितको निधन, ३१ जनाले भाइरस जिते

काभ्रेका थप १ जना कोरोना संक्रमितको निधन, ३१ जनाले भाइरस जिते


धुलिखेल, २३ कात्तिकः काभ्रेका थप १ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार नमोबुद्ध नगरपालिकाका ८३ बर्षीय पुरुषको निधन भएको हो ।

शुक्रबार कोरोना संक्रमित पुष्टि भएका ती पुरुषको आज घरमा निधन भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । यो सँगै जिल्लामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

काभ्रेमा आज एकैदिन ३१ जनाले कोरोना भाइरस जितेका छन् । योसँगै कोरोना भाइरस लागेर निको हुनेको संख्या १४४० पुगेको छ । जसलमा ९०८ जना पुरुष र ५३२ जना महिला रहेका छन् ।

जिल्लामा आज ५ जना मात्रै नयाँ संक्रमित थपिएका छन् । बनेपा नगरपालिकाका २,२ महिला, पुरुष र पनौती नगरपालिकाका १ जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा हालसम्म संक्रमित हुनेका संख्या २०१९ पुगेको छ । जसलमा १२०८ जना पुरुष र ८११ ज्ना महिला रहेका छन् ।

अस्पतालको आइसोलेसनमा ३२ जना रहेका छन् । आफ्नै घरमा बस्ने कोरोना संक्रमितको संख्या ५२१ रहेको छ । घरमै बस्नेमा पुरुष २८३ जना र महिला २३४ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ५५३ रहेको छ ।

 

प्रकाशित मिति : २०७७, २३ कार्तिक आईतबार  ४ : १५ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि