२०८२, १७ चैत्र बुधबार

काभ्रे चण्डेनीमा पौष्टिक आहार वितरण

काभ्रे चण्डेनीमा पौष्टिक आहार वितरण


धुलिखेल, २२ कात्तिकः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० का कोरोना भाइरसको उच्च जोखिममा रहेका ब्यक्तिलाई पौष्टिक आहार वितरण गरिएको छ । कारितास नेपालको सहयोग र शान्ति जनआदर्श सेवा केन्द्र धुलिखेलको समन्वय कोरोना भाइरसबाट धेरै प्रभावित हुन सक्ने ब्यक्तिहरुलाई पौष्टिक आहार वितरण गरिएको हो ।

वडाभित्रका ३४ जना गर्भवती महिलालाई अण्डा, गेडागुडि, दाल तथा भिटामिन औषधि खरिदका लागि जनही १ हजार ७ सय १० रुपैँयाका दरले नगद सहयोग प्रदान गरेको वडाध्यक्ष विश्वमणी नेपालले जानकारी दिनुभयो । त्यस्तै १ बर्ष भन्दा कम उमेर समूहका बच्चा भएका ५४ जना आमालाई पनि अण्डा, गेडागुडी र दाल प्रदान गरिएको छ ।

वडाका १० जना महिला स्वास्थ्य स्वयम सेविकालाई पनि १ हजार ८ सयका दरले रकम वितरण गरिएको छ । हरेक घर घरमा स्वास्थ्य सुरक्षाको सन्देश पुर्याउन सहयोग पुर्याए बापत थप हौसलाका लागि महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई रकम प्रदान गरिएको वडाध्यक्ष नेपालले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २२ कार्तिक शनिबार  ५ : ५२ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका