२०८३, ६ कार्तिक शुक्रबार

काभ्रेमा कोरोना संक्रमित थप १ जनाको निधन, ६३ जना संक्रमित थपिए

काभ्रेमा कोरोना संक्रमित थप १ जनाको निधन, ६३ जना संक्रमित थपिए


धुलिखेल, २२ कात्तिकः काभ्रेका कोरोना संक्रमित एक पुरुषको निधन भएको छ । बनेपा नगरपालिकाका ७७ बर्षीय पुरुषको निधन भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । उहाँको उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको हो । योसँगै जिल्लामा कोरोना भाइरसबाट निधन हुनेको संख्या २५ पुगेको छ ।

यसैबीच आज एकैदिन ६३ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी बनेपा नगरपालिका १६ जना पुरुष र १५ जना महिला रहेका छन् । त्यस्तै पनौती नगरपालिकाका ६ जना पुरुष, ५ जना महिला र मण्डनदेउपुउर नगरपालिकाका ४ जना पुरुष र ३ जना महिला रहेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार नमोबुद्ध नगरपालिकाका ३ जना महिल, २ जना पुरुष र पाँचखाल नगरापलिकाका २ जना पुरुष र १ जना महिला संक्रमित भएका छन् ।

यो संख्या काभ्रेमा हालसम्म कोरोना भाइरसबाट सक्रमण हुनेको संख्या २०१४ पुगेको छ । जसमा १२ सय ५ जना पुरुष र ८ सय ९ जना महिला रहेका छन् । आज मात्रै १५ जना निको भएका छन् । निको हुनेको संख्या १४ सय ९ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ५८० रहेको छ । अस्पतालको आइसोलेसनमा ३५ जना संक्रमित छन् भने ५४५ जना घरकै आइसोलेसनमा रहेका छन् ।

 

प्रकाशित मिति : २०७७, २२ कार्तिक शनिबार  ५ : १० बजे

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट

क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृत्यु

रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल