२०८३, १४ बैशाख मंगलबार

काभ्रेमा कोरोना संक्रमित थप १ जनाको निधन, ६३ जना संक्रमित थपिए

काभ्रेमा कोरोना संक्रमित थप १ जनाको निधन, ६३ जना संक्रमित थपिए


धुलिखेल, २२ कात्तिकः काभ्रेका कोरोना संक्रमित एक पुरुषको निधन भएको छ । बनेपा नगरपालिकाका ७७ बर्षीय पुरुषको निधन भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । उहाँको उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको हो । योसँगै जिल्लामा कोरोना भाइरसबाट निधन हुनेको संख्या २५ पुगेको छ ।

यसैबीच आज एकैदिन ६३ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी बनेपा नगरपालिका १६ जना पुरुष र १५ जना महिला रहेका छन् । त्यस्तै पनौती नगरपालिकाका ६ जना पुरुष, ५ जना महिला र मण्डनदेउपुउर नगरपालिकाका ४ जना पुरुष र ३ जना महिला रहेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार नमोबुद्ध नगरपालिकाका ३ जना महिल, २ जना पुरुष र पाँचखाल नगरापलिकाका २ जना पुरुष र १ जना महिला संक्रमित भएका छन् ।

यो संख्या काभ्रेमा हालसम्म कोरोना भाइरसबाट सक्रमण हुनेको संख्या २०१४ पुगेको छ । जसमा १२ सय ५ जना पुरुष र ८ सय ९ जना महिला रहेका छन् । आज मात्रै १५ जना निको भएका छन् । निको हुनेको संख्या १४ सय ९ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ५८० रहेको छ । अस्पतालको आइसोलेसनमा ३५ जना संक्रमित छन् भने ५४५ जना घरकै आइसोलेसनमा रहेका छन् ।

 

प्रकाशित मिति : २०७७, २२ कार्तिक शनिबार  ५ : १० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले