२०८३, १२ आश्विन मंगलबार

काभ्रेमा कोरोना संक्रमित २ जनाको निधन, ५४ जना संक्रमित थपिए

काभ्रेमा कोरोना संक्रमित २ जनाको निधन, ५४ जना संक्रमित थपिए


धुलिखेल, १८ कात्तिकः काभ्रेमा थप २ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थय कार्यालय काभ्रेका अनुसार आज एकैदिन २ जनाको निधन भएको हो । मण्डनदेउपुर नगरपालिका २५ बर्षीय महिलाको घरमै र धुलिखेल नगरपालिका ७९ बर्षीय पुरुषको निधन भएको हो ।

उनीहरु दुबै जनामा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । २५ बर्षीय महिलाको घरमै र ७९ बर्षीय पुरुषको धुलिखेल अस्पतालमा निधन भएको स्वास्थ्य कार्यालय काभ्रे प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । योसँगै जिल्लामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

जिल्लामा आज एकैदिन ५४ कोरोना भाइरसका संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी बनेपा नगरपालिकाका १५ जना पुरुष, ११ जना महिला छन् । त्यस्तै धुलिखेल नगरपालिकाका ७ जना महिला र ४ जना पुरुष, पनौती नगरपालिकाका ५ जना पुरुष, १ जना महिला, पाँचखाल नगरपालिकाका ३ जना महिला र १ जना पुरुष छन् । यसैगरी मण्डनदेउपुर नगरपालिकाका ४ जना पुरुष, नमोबुद्ध नगरपालिकाका २ जना पुरुष र रोशी गाउँपालिका १ जना पुरुष छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १८२९ पुगेको छ ।

यसैबीच आज एकैदिन ३८ जना कोरोना सक्रमित निको भएका छन् । योसँगै जिल्लामा हालसम्म निको हुनेको संख्या १२६४ पुगेको छ । ८१० जना पुरुष र ४५४ जना महिला निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ५४२ रहेको छ । अस्पतालको आइसोलेसनमा ४७ जना छन् भने होम आइसोलेसनमा ४९५ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, १८ कार्तिक मंगलबार  ६ : ३२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय