२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा कोरोना संक्रमित २ जनाको निधन, ५४ जना संक्रमित थपिए

काभ्रेमा कोरोना संक्रमित २ जनाको निधन, ५४ जना संक्रमित थपिए


धुलिखेल, १८ कात्तिकः काभ्रेमा थप २ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थय कार्यालय काभ्रेका अनुसार आज एकैदिन २ जनाको निधन भएको हो । मण्डनदेउपुर नगरपालिका २५ बर्षीय महिलाको घरमै र धुलिखेल नगरपालिका ७९ बर्षीय पुरुषको निधन भएको हो ।

उनीहरु दुबै जनामा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । २५ बर्षीय महिलाको घरमै र ७९ बर्षीय पुरुषको धुलिखेल अस्पतालमा निधन भएको स्वास्थ्य कार्यालय काभ्रे प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । योसँगै जिल्लामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

जिल्लामा आज एकैदिन ५४ कोरोना भाइरसका संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी बनेपा नगरपालिकाका १५ जना पुरुष, ११ जना महिला छन् । त्यस्तै धुलिखेल नगरपालिकाका ७ जना महिला र ४ जना पुरुष, पनौती नगरपालिकाका ५ जना पुरुष, १ जना महिला, पाँचखाल नगरपालिकाका ३ जना महिला र १ जना पुरुष छन् । यसैगरी मण्डनदेउपुर नगरपालिकाका ४ जना पुरुष, नमोबुद्ध नगरपालिकाका २ जना पुरुष र रोशी गाउँपालिका १ जना पुरुष छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १८२९ पुगेको छ ।

यसैबीच आज एकैदिन ३८ जना कोरोना सक्रमित निको भएका छन् । योसँगै जिल्लामा हालसम्म निको हुनेको संख्या १२६४ पुगेको छ । ८१० जना पुरुष र ४५४ जना महिला निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ५४२ रहेको छ । अस्पतालको आइसोलेसनमा ४७ जना छन् भने होम आइसोलेसनमा ४९५ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, १८ कार्तिक मंगलबार  ६ : ३२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना