२०८२, १० कार्तिक आईतबार

काभ्रेका स्थानीय तहका प्रमुखहरु एकपछि अर्को कोरोना भाइरसबाट संक्रमित

काभ्रेका स्थानीय तहका प्रमुखहरु एकपछि अर्को कोरोना भाइरसबाट संक्रमित


धुलिखेल, १७ कात्तिकः काभ्रेमा पछिल्लो समयमा तीब्र गति लिइरहेको कोरोना भाइरसबाट स्थानीय तहका प्रमुखहरु पनि धमाधम संक्रमित भएका छन् । पछिल्लो पटक बेथानचोक गाउँपालिकाका प्रमुख प्रेम बहादुर तिमिल्सिना संक्रमित भएसँगै संक्रमित हुने स्थानीय तहका प्रमुखको संख्या ४ पुगेको छ ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ कोरोना भाइरस मुक्त हुनुभएको छ । प्रमुख ब्याञ्जु होम आइसोलेसनमा बसेको १६ दिनपछि कोरोना भाइरस मुक्त हुनुभएको हो । त्यस्तै काभ्रे जिल्लाकै पहिलो नगरपालिका बनेपाका मेयर लक्ष्मी नरसिंह बादे कोरोना भाइरसबाट संक्रमित भएपछि आइसोलेसनमै रहनुभएको छ ।

पनौती नगरपालिकाका प्रमुख भिमप्रसाद न्यौपाने पनि कोरोना भाइरसबाट संक्रमित भएपछि अहिले होम आइसोलेसनमै रहनुभएको छ । पालिका प्रमुखहरु नै संक्रमित भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द जस्तै भएका छन् ।

प्रकाशित मिति : २०७७, १७ कार्तिक सोमबार  ६ : १७ बजे

जोमसोममा पर्यटकको भीड ‘हिमालयको मरुभूमि’ हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित (फोटोफिचर)

मुस्ताङ । हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला

विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो

सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका

आइतबार विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम