२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा ९० जना कोरोना संक्रमित थपिए, ७७ जना निको भए

काभ्रेमा ९० जना कोरोना संक्रमित थपिए, ७७ जना निको भए


धुलिखेल, १७ कात्तिकः काभ्रेमा एकैदिन ९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ९० जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।

आज थपिएका संक्रमितमा सबैभन्दा बढी धुलिखेल नगरपालिकाका १९ महिला र १८ जना पुरुष छन् । त्यस्तै बनेपा नगरपालिकाका २० जना पुरुष र १४ जना महिला छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पनौती नगरपालिकाका महिला र पुरुष ४ ४ जना, मण्डनदेउपुर नगरपालिकाका ३ जना महिला, २ जना पुरुष, पाँचखाल नगरपालिका ३ जना महिला र एक जना पुरुष र नमोबुद्ध नगरपालिकाका महिला र पुरुष १ १ रहेका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १७७३ पुगेको छ ।

जिल्लामा आज ७७ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या १२२६ पुगेको छ । जिल्लामा हालसम्म २१ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या ५२६ रहेको छ । अस्पतालको आइसोलेसनमा ४९ छन् भने ४७७ होम आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २०७७, १७ कार्तिक सोमबार  ५ : ३५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना