२०८३, १२ आश्विन मंगलबार

काभ्रेमा ९० जना कोरोना संक्रमित थपिए, ७७ जना निको भए

काभ्रेमा ९० जना कोरोना संक्रमित थपिए, ७७ जना निको भए


धुलिखेल, १७ कात्तिकः काभ्रेमा एकैदिन ९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ९० जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।

आज थपिएका संक्रमितमा सबैभन्दा बढी धुलिखेल नगरपालिकाका १९ महिला र १८ जना पुरुष छन् । त्यस्तै बनेपा नगरपालिकाका २० जना पुरुष र १४ जना महिला छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पनौती नगरपालिकाका महिला र पुरुष ४ ४ जना, मण्डनदेउपुर नगरपालिकाका ३ जना महिला, २ जना पुरुष, पाँचखाल नगरपालिका ३ जना महिला र एक जना पुरुष र नमोबुद्ध नगरपालिकाका महिला र पुरुष १ १ रहेका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १७७३ पुगेको छ ।

जिल्लामा आज ७७ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या १२२६ पुगेको छ । जिल्लामा हालसम्म २१ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या ५२६ रहेको छ । अस्पतालको आइसोलेसनमा ४९ छन् भने ४७७ होम आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २०७७, १७ कार्तिक सोमबार  ५ : ३५ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय