२०८२, ४ कार्तिक सोमबार

विमलाको ‘ए सानु’

विमलाको ‘ए सानु’


आफूलाई साहित्यकारको रुपमा समेत चिनाउन सफल अहिलेका चर्चित गीतकार विमला हुमागाई आफ्नो नविनतम गीत “ए सानु …” लिएर आएकी छिन् ।
‘यसरी तड्पाएर नगइदेउ न पर
तिमी बाहेक मेरो पनि अरु को नै छर
हे सानु कहिलेकाही त आफ्नो पनि गल्ती मान्ने गर, अनि माफि माग्ने गर’

किशोरावस्थामा माया प्रेममा रम्ने जोडीहरुको विषयबस्तुलाई गीतकार विमलाले “ए सानु …” मा उठान गरेकी छिन् । थुप्रै गीतहरुको शब्द कोरिसकेका गीतकार हुमागाईद्वारा रचित “ए सानु …” बोलको गीतलाई अहिलेका व्यस्त निर्देशक आदित्य बुढाथोकीले निर्देशन गरेका छन् । किशोरावस्थाका प्रेमील जोडीको माया प्रेममा आउने उतार चढाव अनि प्रेमी प्रेमिकाका भावनालाई गीतकार हुमागाईले सचित्र शब्दमा उतारेकी छिन् भने निर्देशक बुढाथोकीले यसलाई उत्कृष्ट ढंगले भिडियोमा उतारेका छन् ।

हालै सार्वजनिक दिक्पाल कार्की र सुनिशा बजगाईलाई फिचरिङ गरिएको भिडियोमा धुलिखेलको रमणीय दृश्यलाई मुकेश हुमागाईले भिडियोमा कैद गरेका छन् भने शिब बिकको नृत्य निर्देशन रहेको छ । भिडियोमा कविता तोलाङ्गी र सक्षम पुडासैनीको श्रृङ्गार रहेको छ । पदम सुवेदीले सम्पादन गरेको भिडियोको कलर संयोजन मिलन विश्वकर्माको रहेको छ । भिडियिामा अमरकृष्ण चन्दको सह निर्देशन रहेको छ ।

गीतमा सुमधुर स्वर भने चर्चित गायिका एलिना चौहान र निर्देशक बुढाथोकीको रहेको छ । गीतलाई एरेन्ज, मास्टरिङ, मिक्सीङ सुन्दर लामाले गरेका छन् । निर्माता विमला हुमागाई रहेको “ए सानु …”को संगीत समेत निर्देशक बुढाथोकीको रहेको छ ।
बिर्सिएको छैन तिम्रो गुण
म पनि आतुर छु तिम्रो हुन
घुर्काएकी मात्र हु नजाउ पर पर
मेरै भर पर अनि मलाई माया गर
तिमी बाहेक मेरो पनि अरु को नै छर

यसरी अहिलेका युवा पिढीको प्रेमकथालाई समेटिएको गीत र भिडियो यूवा पिढीले रुचाउने अपेक्षा निर्माणपक्षको रहेको छ । समग्रमा उत्कृष्ट भिडियो “ए सानु …” बोध नलेज इन्टरटेन्मेन्टको यु ट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतकार हुमागाईको शब्द रचना रहेको गीतहरु यस अघि नै सबैको मन मुटुमा बस्न सफल भैसकेको छ । हुमागाई अधबैंसे आइमाई उपन्यासका लेखिका समेत हुन् ।

प्रकाशित मिति : २०७७, १७ कार्तिक सोमबार  ४ : ४१ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,