२०८३, १७ जेष्ठ सोमबार

विमलाको ‘ए सानु’

विमलाको ‘ए सानु’


आफूलाई साहित्यकारको रुपमा समेत चिनाउन सफल अहिलेका चर्चित गीतकार विमला हुमागाई आफ्नो नविनतम गीत “ए सानु …” लिएर आएकी छिन् ।
‘यसरी तड्पाएर नगइदेउ न पर
तिमी बाहेक मेरो पनि अरु को नै छर
हे सानु कहिलेकाही त आफ्नो पनि गल्ती मान्ने गर, अनि माफि माग्ने गर’

किशोरावस्थामा माया प्रेममा रम्ने जोडीहरुको विषयबस्तुलाई गीतकार विमलाले “ए सानु …” मा उठान गरेकी छिन् । थुप्रै गीतहरुको शब्द कोरिसकेका गीतकार हुमागाईद्वारा रचित “ए सानु …” बोलको गीतलाई अहिलेका व्यस्त निर्देशक आदित्य बुढाथोकीले निर्देशन गरेका छन् । किशोरावस्थाका प्रेमील जोडीको माया प्रेममा आउने उतार चढाव अनि प्रेमी प्रेमिकाका भावनालाई गीतकार हुमागाईले सचित्र शब्दमा उतारेकी छिन् भने निर्देशक बुढाथोकीले यसलाई उत्कृष्ट ढंगले भिडियोमा उतारेका छन् ।

हालै सार्वजनिक दिक्पाल कार्की र सुनिशा बजगाईलाई फिचरिङ गरिएको भिडियोमा धुलिखेलको रमणीय दृश्यलाई मुकेश हुमागाईले भिडियोमा कैद गरेका छन् भने शिब बिकको नृत्य निर्देशन रहेको छ । भिडियोमा कविता तोलाङ्गी र सक्षम पुडासैनीको श्रृङ्गार रहेको छ । पदम सुवेदीले सम्पादन गरेको भिडियोको कलर संयोजन मिलन विश्वकर्माको रहेको छ । भिडियिामा अमरकृष्ण चन्दको सह निर्देशन रहेको छ ।

गीतमा सुमधुर स्वर भने चर्चित गायिका एलिना चौहान र निर्देशक बुढाथोकीको रहेको छ । गीतलाई एरेन्ज, मास्टरिङ, मिक्सीङ सुन्दर लामाले गरेका छन् । निर्माता विमला हुमागाई रहेको “ए सानु …”को संगीत समेत निर्देशक बुढाथोकीको रहेको छ ।
बिर्सिएको छैन तिम्रो गुण
म पनि आतुर छु तिम्रो हुन
घुर्काएकी मात्र हु नजाउ पर पर
मेरै भर पर अनि मलाई माया गर
तिमी बाहेक मेरो पनि अरु को नै छर

यसरी अहिलेका युवा पिढीको प्रेमकथालाई समेटिएको गीत र भिडियो यूवा पिढीले रुचाउने अपेक्षा निर्माणपक्षको रहेको छ । समग्रमा उत्कृष्ट भिडियो “ए सानु …” बोध नलेज इन्टरटेन्मेन्टको यु ट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतकार हुमागाईको शब्द रचना रहेको गीतहरु यस अघि नै सबैको मन मुटुमा बस्न सफल भैसकेको छ । हुमागाई अधबैंसे आइमाई उपन्यासका लेखिका समेत हुन् ।

प्रकाशित मिति : २०७७, १७ कार्तिक सोमबार  ४ : ४१ बजे

नेपालले पनि सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति भीमार्जुनको कडा आपत्ति

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्य ले प्रधानमन्त्री बालेन शाहले संसदमा

भाजपा अध्यक्षको निमन्त्रणामा भारत जाँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने

६ करोड ठगी आरोपकी टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ

काठमाडौं । ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा फरार रहेकी चर्चित

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित