२०८३, १४ बैशाख मंगलबार

काभ्रेका प्रजिअ पनि कोरोना भाइरसबाट संक्रमित, प्रशासन कार्यालय बन्द

काभ्रेका प्रजिअ पनि कोरोना भाइरसबाट संक्रमित, प्रशासन कार्यालय बन्द


धुलिखेल, १७ कात्तिकः काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले पनि कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडाले एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेल कोरोना संक्रमित भएको जानकारी गराउनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी नै संक्रमित भएपछि प्रशासन कार्यालय आफ्नो सबै सेवा स्थगन गरेको छ । भोली देखि कात्तिक २४ गतेसम्म कार्यालय बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो ।

कार्यालयका अन्य कर्मचारीहरुमा समेत कोरोना भाइरससँग मिल्न विभिन्न लक्षण देखिएको बताइएको छ । प्रमुख जिल्ला अधिकारीको सम्पर्कमा पुगेको कर्मचारीहरु समेत आइसोलेसनमा बस्नु पर्ने भएकाले कार्यालयको स्थगन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १७ कार्तिक सोमबार  ३ : ५२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले