२०८३, १३ बैशाख सोमबार

काभ्रेका ३७ जना कोरोना संक्रमित निको भए, १३ जना थपिए

काभ्रेका ३७ जना कोरोना संक्रमित निको भए, १३ जना थपिए


धुलिखेल, १६ कात्तिकः काभ्रेमा आज ३७ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ३७ जना संक्रमित निको भएका हुन् । योसँगै कोरोना भाइरस जित्नेको संख्या ११४९ पुगेको छ । ७४१ ज्ना पुरुष र ४०८ जना महिलाले कोरोना भाइरसले जितेका हुन् ।

यस्तै आज काभ्रेमा १३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जिल्लाको बनेपा नगरपालिकाका ३ जना महिला, २ जना पुरुष, धुलिखेल नगरपालिकाका ४ जना महिला र १ जना पुरुष, पाँचखालका १ पुरुष र मण्डनदेउपुरका १ महिला र १ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ५१३ रहेको छ । अस्पतालको आइसोलेसनमा ५९ जना रहेका छन् भने होम आइसोलेसनमा ४५४ जना रहेका छन् । जिल्लामा हालसम्म २१ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७, १६ कार्तिक आईतबार  ४ : ५६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले