२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा ६४ जना नयाँ कोरोना संक्रमित थपिए

काभ्रेमा ६४ जना नयाँ कोरोना संक्रमित थपिए


धुलिखेल, १५ कात्तिकः काभ्रेमा एकैदिन ६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

आज सबैभन्दा बढी संक्रमित बनेपा नगरपालिकाका १६ जना पुरुष र ११ जना महिला छन् । त्यस्तै धुलिखेल नगरपालिकाका ६÷६ महिला र पुरुष, पनौती नगरपालिकाका ६ जना पुरुष र २ जना महिला, पाँचखाल नगरपालिकाका ४ जना महिला र २ जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

त्यसैगरी मण्डनदेउपुर नगरपालिकाका ४ जना महिला, ३ जना पुरुष, नमोबुद्ध नगरपालिकाका १ जना महिला, तेमाल, महाभारत र चौरीदेउराली गाउँपालिकाका १÷१ जना पुरुष रहेका छन् । योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६७० पुगेको छ ।

धुलिखेल अस्पतालमा काठमाण्डौका एक कोरोना संक्रमित वृद्धको निधन भएको छ । ७२ बर्षीय बृद्धमा कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा ती बृद्धको आज निधन भएको हो ।

आज काभ्रेका ९ जनाले कोरोना भाइरस जितेका छन् । योसँगै जिल्लामा कोरोना भाइरस जित्नेको संख्या १११२ पुगेको छ । हाल जिल्लामा संक्रिय संक्रमितको संख्या ५३७ पुगेको छ । अस्पताल आइसोलेसनमा ८६ जना रहेका छन् । होम आइसोलेसनमा ४५१ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १५ कार्तिक शनिबार  ६ : ३५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना