२०८२, १७ चैत्र बुधबार

काभ्रेमा ६४ जना नयाँ कोरोना संक्रमित थपिए

काभ्रेमा ६४ जना नयाँ कोरोना संक्रमित थपिए


धुलिखेल, १५ कात्तिकः काभ्रेमा एकैदिन ६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

आज सबैभन्दा बढी संक्रमित बनेपा नगरपालिकाका १६ जना पुरुष र ११ जना महिला छन् । त्यस्तै धुलिखेल नगरपालिकाका ६÷६ महिला र पुरुष, पनौती नगरपालिकाका ६ जना पुरुष र २ जना महिला, पाँचखाल नगरपालिकाका ४ जना महिला र २ जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

त्यसैगरी मण्डनदेउपुर नगरपालिकाका ४ जना महिला, ३ जना पुरुष, नमोबुद्ध नगरपालिकाका १ जना महिला, तेमाल, महाभारत र चौरीदेउराली गाउँपालिकाका १÷१ जना पुरुष रहेका छन् । योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६७० पुगेको छ ।

धुलिखेल अस्पतालमा काठमाण्डौका एक कोरोना संक्रमित वृद्धको निधन भएको छ । ७२ बर्षीय बृद्धमा कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा ती बृद्धको आज निधन भएको हो ।

आज काभ्रेका ९ जनाले कोरोना भाइरस जितेका छन् । योसँगै जिल्लामा कोरोना भाइरस जित्नेको संख्या १११२ पुगेको छ । हाल जिल्लामा संक्रिय संक्रमितको संख्या ५३७ पुगेको छ । अस्पताल आइसोलेसनमा ८६ जना रहेका छन् । होम आइसोलेसनमा ४५१ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १५ कार्तिक शनिबार  ६ : ३५ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका