२०८३, १४ बैशाख मंगलबार

काभ्रेका पत्रकार चौलागाईको निधन

काभ्रेका पत्रकार चौलागाईको निधन


धुलिखेल, १४ कात्तिकः कोरोना भाइरसबाट संक्रमित हुनुभएका काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईको निधन भएको छ । गएको असोज २६ गते संक्रमित हुनु भएका चौलागाईको आज उपचारको क्रममा निधन भएको हो ।

काभ्रे पोष्ट साप्तहिकका प्रकाशक तथा प्रधानसम्पादक चौलागाई शिक्षण पेसामा समेत आबद्ध हुनुहुन्थ्यो । चौलागाईको आजै अन्त्यष्टि गरिएको छ । होम आइसोलेसनमा बस्दै आउनु भएका पत्रकार चौलागाई शरीरमा गाह्रो भएपछि कात्तिक १ गते काठमाण्डौको ओम अस्पतालमा भर्ना हुनुभएको थियो ।

चौलागाईंलाई निमोनियासमेत भएको थियो । एक हप्ताअघि र हिजो गरिएको परीक्षणमा उहाँको ‘रिपोर्ट नेगेटिभ आएको थियो । यो सहित काभ्रे जिल्ला स्थायी ठेगाना भएका २१ जनाको कोरोना भाइरसकै कारण निधन भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

पत्रकार चौलागाईको निधन प्रति पत्रकार महासंघ काभ्रे शाखाले दुःख ब्यक्त गरेको छ । महासंघले चौलागाईको निधनले काभ्रेको पत्रकारिता क्षेत्रलाई अपुरनीय क्षति पुगेको बताएको छ । महासंघले चौलागाईको १३ औँ दिनको पुण्य तिथीमा महासंघकै कार्यालयमा श्रद्धाञ्जली सभा आयोजना गर्ने जनाएको छ ।

त्यस्तै प्रेस युनियन काभ्रे शाखाले पनि विज्ञप्ति जारी गर्दै चौलागाईको निधन प्रति दुःख ब्यक्त गरेको छ । पत्रकार चौलागाई तीन दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न थिए । कोरोना जितेसकेका चौलागाई फोक्सोमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति : २०७७, १४ कार्तिक शुक्रबार  ७ : ०८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले