२०८२, २४ भाद्र मंगलबार

धुलिखेलका मेयर ब्याञ्जु दम्पत्तिले जिते कोरोना भाइरस

धुलिखेलका मेयर ब्याञ्जु दम्पत्तिले जिते कोरोना भाइरस


धुलिखेल, १३ कात्तिकः कोरोना भाइरसबाट संक्रमित धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु निको हुनुभएको छ । कोरोना संक्रमण भएपछि मेयर ब्याञ्जु र उहाँका श्रीमती मञ्जु ब्याञ्जु श्रेष्ठ होम आइसोलेसनमै बस्नुभएको थियो ।

होम आइसोलेसनको १६ दिने बसाईपछि मेयर र उहाँको श्रीमती निको हुनु भएको धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो । गएको असोज २७ गते मेयर ब्याञ्जु र उहाँको श्रीमतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा बसेर गरिने कोरोना भाइरस परीक्षणमा नेगेटिभ देखिएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर नियमित काममा फर्कन सकिने स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनुभयो ।

मेयर ब्याञ्जुले कोरोना भाइरस जितेपछि सामाजिक सञ्जालमा हरेक संक्रमितलाई परिवार, आफन्त, इष्टमित्रहरुको सद्धावले भाइरसलाई जित्न सकिने बताउनुभएको छ । आफुले पनि ३५ हजारभन्दा बढी मित्रहरुको सद्धाव पाएको र भाइरसलाई जित्न आत्मबल मिलेको मेयर ब्याञ्जुले बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०७७, १३ कार्तिक बिहीबार  ६ : ४६ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा