२०८२, १७ चैत्र बुधबार

काभ्रेमा एकैदिन ६२ जनाले कोरोना जिते, ३१ जना थपिए

काभ्रेमा एकैदिन ६२ जनाले कोरोना जिते, ३१ जना थपिए


धुलिखेल, ५ कार्तिकः काभ्रेका ६२ कोरोना संक्रमितले एकैदिन कोरोना भाइरसलाई जितेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ६२ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना भाइरसलाई जित्नेको संख्या ८३५ पुगेको छ ।

जिल्लामा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी बनेपा नगरपालिकाका ८ महिला र ७ जना पुरुष छन् । त्यस्तै मण्डनदेउपुर नगरपालिकाका ४ जना पुरुष र ३ जना महिला रहेका छन् । त्यसैगरी धुलिखेल नगरपालिकाका ५ महिला र २ पुरुष, बेथानचोक गाउँपालिका १ महिला, नमोबुद्धका १ पुरुष छन् ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १३४६ पुगेको छ । यसैबीच भक्तपुर घरभइ धुलिखेल अस्पतालमा उपचार गराइरहनु भएका एक पुरुषको मृत्यु भएको छ । ७१ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ५ कार्तिक बुधबार  ४ : ५४ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका