२०८२, १३ फाल्गुन बुधबार

दशैमा ४० हजार खसीबोका बिक्री हुने अनुमान, चौपाया अनुगमन शुरु, गल्ती गरे कारबाही

दशैमा ४० हजार खसीबोका बिक्री हुने अनुमान, चौपाया अनुगमन शुरु, गल्ती गरे कारबाही


काठमाडौं, ३ कार्तिक :  दशैंमा काठमाडौंमा ४० हजार खसीबोका बिक्री हुने अनुमान गरिएको छ । कोरोना महामारीका कारण खसी, बोका, भेडा, च्याङ्ग्राको माग कम हुने सम्भावना भएपछि यस्तो अनुमान गरिएको हो ।

काठमाडौं चौपाया खरिद बिक्री प्रालिका अध्यक्ष जनककुमार खड्काका अनुसार संक्रमणको कारण व्यापार कम हुने बताए । हिजोबाट बिक्री शुरु भए पनि अनुमान गरेअनुसार बिक्री नभएको उहाँको भनाइ थियो । उनका अनुसार विगतमा करिब ६० हजार चौपाया बिक्री हुने गरेको थियो ।

‘यो वर्ष करिब २० हजार घट्ने आंकलन गरेका छौं’, खड्काले भने, ‘काठमाडौंमा कलंकी, खसी बजार, टुकुचा, कोटेश्वर, बालाजु, आकाशेधारा कपन, चाल्नाखेललगायत स्थानबाट खसी, बोकालगायत चौपाया बिक्री हुने गरेको छ ।’

भक्तपुरको लोकन्थली र सल्लाघारी, ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ । व्यापारीले तीबाहेकका स्थानबाट पनि चौपाया बिक्री गर्ने गरेका छन् । रकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज सोमबारबाट खसी र बोका बिक्री गर्दै छ । कम्पनीले १ हजार ६ सय खसीबोका बिक्री गर्ने योजना बनाएको छ ।

चौपायका बिक्रीसँगै प्रदेश सरकारको सहयोगमा अनुमगन शुरु गरेको छ । काठमाडौं महानगरको तीन टोलीले अनुगमन शुरु गरेको छ । विशेषज्ञसहितको टोलीले मासुजन्य उत्पादनलाई स्वस्थ्य, स्वच्छ र गुणस्तरीय बनाउन अनुगमन गरेको जनाएको छ ।

महानगरको पशुसेवा महाशाखाका प्रमुख डा। अवधेश झाका अनुसार र प्रदेश सरकारसँग समन्वय गरेर तोकिएका ठाउँबाट स्वस्थ्य चौपाया बिक्री गर्ने गर्ने योजनाअनुसार स्वास्थ्य परीक्षण शुरु गरेका हौं । टोलीले तोकेको स्थानबाट बिक्री गरे नगरेको विषयमा समेत अनुगमन गर्नेछ ।

तीन टोलीको नेतृत्व तीनैजना स्वास्थ्य विज्ञले गरेका छन् । महाशाखा प्रमुख झाका अनुसार किचित्सक पूजा खनाल, अञ्जिरमान सिं डंगोल र डम्मरबहादुर बमको नेतृत्वको टोलीले खसी–बोकाको स्वास्थ्य परीक्षण गरी खान योग्यको सिङमा हरियो र बिरामीको सिङमा रातो रङ लगाउनेछन् । सिङमा रातो रङ लगाएको खसीलाई केही दिन आइसोलेसनमा राखेर पुनः बिक्री गर्न खुला गरिने महाशाखाले जनाएको छ ।

दशैंमा बिक्री हुने चौपायामध्ये च्याङ्ग्राको संख्या घटेकाले भाउ बढेको छ । चौपाया खरिद बिक्री प्रालिका अध्यक्ष खड्काका अनुसार मुस्ताङमा च्याङ्ग्राको मूल्य जिउँदोमा प्रतिकिलो ७ सय ५० पुगेको छ । स्थानीय प्रशासनले शुरुमा यसको मूल्य ६ सय तोकेको थियो । नेपाल समाचार पत्र दैनिकबाट

प्रकाशित मिति : २०७७, ३ कार्तिक सोमबार  ९ : ३३ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको