धुलिखेल २ कार्तिक : काभ्रेका कोभिड १९ कोरोना भाईरस संक्रमणको दर उच्च रहेको छ । आईतबार ३३ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा एक हजार दुई सय ४३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
प्रमुख डाक्टर झाका अनुसार आईतबार संक्रमण हुनेहरुमा पनौती नगरपालिकाका ७ पुरुष र १० महिला, बनेपा नगरपालिकाबाट ५ पुरुष र ५ महिला,मण्डनदेउपुर नगरपालिकाका २ पुरुष र १ महिला, पाँचखाल नगरपालिकाका १ पुरुष र १ महिला र बेथानोक गाँउपालिकाका १ पुरुष रहेका छन् । संक्रमितहरु मध्ये जिल्लामा ६८६ जना उपचारपछि घर फर्किएका छन् भने ५ सय ४४ जना सक्रिय संक्रमित छन् । स्वास्थ्य कार्यालय काभ्रेले दिएको जानकारी अनसार १४८ जना अस्पताल आईसोलेसनमा र ३९६ जना होम आईसोलेसनमा उपचार भैरहेको छ ।
यसैगरी कोरोना भईरसका कारण धुलिखेल अस्पतालमा एक महिलाको ज्यान गएको छ । भक्तपुर घर भएका ५२ वर्षीय महिलाको उपचारको क्रममा ज्यान गएको बताईएको छ ।
प्रतिक्रिया