२०८२, २४ भाद्र मंगलबार

भेरी अस्पतालमा बर्दियाका ४२ वर्षीय संक्रमित पुरुषको मृत्यु

भेरी अस्पतालमा बर्दियाका ४२ वर्षीय संक्रमित पुरुषको मृत्यु


बर्दिया, २ कार्तिक :  कोरोना भाइरस संक्रमणबाट बर्दियाको ठाकुरबाबा नगरपालिका—६ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले कोरोना संक्रमण भएका ती पुरुषको भेरी अस्पताल नेपालगन्जमा आइतबार बिहान २ बजे मृत्यु भएको जानकारी दिएका छन् ।

उनका अनुसार असोज १५ गते बिरामी भएपछि कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । असोज १७ गते स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ भएको थियो । उनको थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो । योसँगै बर्दियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

जिल्लामा हालसम्म कोराना संक्रमितको संख्या ९०७ पुगेको छ । कोरोना संंक्रमणबाट ६७० जना निको भएका छन् । जिल्लाका विभिन्न क्वारेन्टाइनमा ५७१ जना उपचाररत छन् । आइसोलेसनमा २०४ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७, २ कार्तिक आईतबार  ९ : ५० बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा