२०८३, १२ जेष्ठ बुधबार

मण्डनदेउपुरमा तपेश्वर माविको नयाँ भवन शिलान्यास

मण्डनदेउपुरमा तपेश्वर माविको नयाँ भवन शिलान्यास


बनेपा १ कार्तिक : काभ्रेको मण्डनदेउपुरमा तपेश्वर माविको नयाँभवन शिलान्यास गरिएको छ । ईको हिमाल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मण्डनदेउपुर वडा नं ५ मा बन्न लागेको पक्की चारकोठे भवनको शुक्रबार नगरप्रमुख टोकबहादुर वाईवाले शिलान्यास गर्नु भएको हो ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाईवाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई नगरले पहिलो प्राथमिकतामा राखेर योजना निर्माण कार्यन्वयन गर्ने गरेको बताउनु भयो । नगरका हरेक वडामा पक्की विद्यालय भवन, दक्ष शिक्षक र नयाँप्रविधि र बालमैत्री शिक्षण सिकाईका लागि बाताबरण निर्माण गर्ने अभियान पुरा भएकाले आगामी दिनमा हरेक विद्यालयको शिक्षण उपलब्धी खोज्ने प्रमुख वाईवाले बताउनु भयो ।

कार्यक्रममा ईको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले मण्डनदेउपुरमा बिगत लामो समयदेखि ग्रामिण शिक्षा सहयोग परियोजना मार्फत सामुदायिक विद्यालयको भवन निर्माण, शिक्षण सिकाईलाई प्रभावकारी बनाउन सबै विद्यालयहरुमा सहजीकरण र किशोर किशोरीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य शिक्षा कार्यक्रम संञ्चालन गरिरहेको बताउनु भयो । निर्देशक ढकालले मण्डनदेउपुरमा कृषि पेशालाई व्यवसायीमुखी बनाउन कृषि प्राविधिक मार्फत किसानको खेतबारीमै पुगेर आधुनिक खेती प्रणालीबारे सहजीकरण र प्रविधि हस्तान्तण गर्ने कार्यक्रम संचालन भैरहेको बताउनु भयो ।

शुक्रबार शिलान्यास भएको विद्यालय भवन निर्माणका लागि ईको हिमालले ६० लाख रुपैयाँ र नगरपालिकाले १० प्रतिशत सहयोग गरेको वडा नं ५ का वडा अध्यक्ष नेत्रप्रसाद ढकालले जानकारी दिनुभयो । कार्यक्रममा वडा नं ६ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता डिल्ली आचार्यले बालबालिका भोलिको कर्णधार भएकाले नगरले शिक्षाको विकासमा जोड दिएको बताउनु भयो ।

कार्यक्रममा समाजसेवी शेरबहादुर डोटेलले विद्यार्थी अभिभावकको आकार्षण नीजि विद्यालयमा भएकाले सामुदायिक विद्यालयका शिक्षकहरुले समय सापेक्षिक शिक्षण सिकाई प्रणालीमा जोड दिनुपर्ने बताउनु भयो ।

प्रकाशित मिति : २०७७, १ कार्तिक शनिबार  ३ : ४६ बजे

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरूको चाप बढ्दै

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

युद्धविराम वार्ताकै बीच ठूलो तनाव: इरानमा अमेरिकी हवाई आक्रमण

काठमाडौं । इरान र अमेरिका बीच युद्ध अन्त्य गर्ने प्रारम्भिक