काठमाडौं २८ असोज : देशभर कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु भएको छ । यो समेत देशभर हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर आज दुई हजार ६ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी आइसियूमा तीन सय पाँचजना र भेन्टिलेटरमा ७० जनाको उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनु भयो ।
प्रतिक्रिया