सर्लाही २८ असोज : सर्लाहीमा हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका काँग्रस कार्याकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प हुँदा दुई डिएसपीसहित ४० बढी घाइते भएका छन् ।
आफ्नो कार्यकर्ताको हत्यारालाई कारवाही हुनु पर्ने माग गर्दै ठूलो संख्यामा आएका कांग्रेसका नेता–कार्यकर्ता जिल्ला प्रहरी कार्यालयभित्र प्रवेश गर्न खोजेपछि झडप जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
काँग्रेस कार्यकर्ताले प्रहरी कार्यालयमा ढुङ्गामुडा गर्न थालेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता मदन कुँवरले बताउनु भयो । प्रदर्शकारीले प्रहरी कार्यालयको झ्यालका सिसा समेत फुटाई दिएका छन् ।
भिडलाई नियन्त्रणका लागि ३१ राउण्ड अश्रु ग्याँस प्रहार गरेका थिए । दुवै पक्षको झडपमा डीएसपीसहित प्रहरीतर्फ २२ जना घाइते भएका छन् ।
काँग्रेसले रामनगर गाउँपालिका वडानम्बर ७ मा हत्या गरिएका महेन्द्र रामको हत्यारालाई कारबाही गर्नुपर्ने, रामलाई शहीद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राखेका छन् । कांग्रेसका नेताहरुले शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीले एक्कासी बल प्रयोग गरेको दाबी गरेका छन् ।
प्रतिक्रिया