२०८३, १५ कार्तिक आईतबार

सर्लाहीमा प्रहरी र काँग्रेस कार्यकर्ताबीच झडप, दुई डीएसपीसहित ४० घाइते

सर्लाहीमा प्रहरी र काँग्रेस कार्यकर्ताबीच झडप, दुई डीएसपीसहित ४० घाइते

३१ राउण्ड अश्रु ग्याँस प्रहार


सर्लाही २८ असोज :  सर्लाहीमा हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका काँग्रस कार्याकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प हुँदा दुई डिएसपीसहित ४० बढी घाइते भएका छन् ।

आफ्नो कार्यकर्ताको हत्यारालाई कारवाही हुनु पर्ने माग गर्दै ठूलो संख्यामा आएका कांग्रेसका नेता–कार्यकर्ता जिल्ला प्रहरी कार्यालयभित्र प्रवेश गर्न खोजेपछि झडप जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

काँग्रेस कार्यकर्ताले प्रहरी कार्यालयमा ढुङ्गामुडा गर्न थालेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता मदन कुँवरले बताउनु भयो । प्रदर्शकारीले प्रहरी कार्यालयको झ्यालका सिसा समेत फुटाई दिएका छन् ।

भिडलाई नियन्त्रणका लागि ३१ राउण्ड अश्रु ग्याँस प्रहार गरेका थिए । दुवै पक्षको झडपमा डीएसपीसहित प्रहरीतर्फ २२ जना घाइते भएका छन् ।

काँग्रेसले रामनगर गाउँपालिका वडानम्बर ७ मा हत्या गरिएका महेन्द्र रामको हत्यारालाई कारबाही गर्नुपर्ने, रामलाई शहीद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राखेका छन् । कांग्रेसका नेताहरुले शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीले एक्कासी बल प्रयोग गरेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २०७७, २८ आश्विन बुधबार  ७ : २३ बजे

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग

काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि

इनम प्रकरण र न्यायालयको दुरावस्था 

अधिवक्ता चिरञ्जीवी नेपाल  न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्ने