२०८३, ११ भाद्र शुक्रबार

सर्लाहीमा प्रहरी र काँग्रेस कार्यकर्ताबीच झडप, दुई डीएसपीसहित ४० घाइते

सर्लाहीमा प्रहरी र काँग्रेस कार्यकर्ताबीच झडप, दुई डीएसपीसहित ४० घाइते

३१ राउण्ड अश्रु ग्याँस प्रहार


सर्लाही २८ असोज :  सर्लाहीमा हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका काँग्रस कार्याकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प हुँदा दुई डिएसपीसहित ४० बढी घाइते भएका छन् ।

आफ्नो कार्यकर्ताको हत्यारालाई कारवाही हुनु पर्ने माग गर्दै ठूलो संख्यामा आएका कांग्रेसका नेता–कार्यकर्ता जिल्ला प्रहरी कार्यालयभित्र प्रवेश गर्न खोजेपछि झडप जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

काँग्रेस कार्यकर्ताले प्रहरी कार्यालयमा ढुङ्गामुडा गर्न थालेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता मदन कुँवरले बताउनु भयो । प्रदर्शकारीले प्रहरी कार्यालयको झ्यालका सिसा समेत फुटाई दिएका छन् ।

भिडलाई नियन्त्रणका लागि ३१ राउण्ड अश्रु ग्याँस प्रहार गरेका थिए । दुवै पक्षको झडपमा डीएसपीसहित प्रहरीतर्फ २२ जना घाइते भएका छन् ।

काँग्रेसले रामनगर गाउँपालिका वडानम्बर ७ मा हत्या गरिएका महेन्द्र रामको हत्यारालाई कारबाही गर्नुपर्ने, रामलाई शहीद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राखेका छन् । कांग्रेसका नेताहरुले शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीले एक्कासी बल प्रयोग गरेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २०७७, २८ आश्विन बुधबार  ७ : २३ बजे

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार