काठमाडौँ २८ आसोज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा हेरफेर तथा केहि मन्त्री थपेका छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री पदमा नेकपा महासचिव विष्णु पौडेललाई नियुक्त गरेका छन् त्यस्तै हाल महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहेका पर्बत गुरुङलाई सञ्चार तथा सूचना मन्त्री बनाएका छन् ।
त्यस्तै गरि हाल उपप्रधानमन्त्री तथा रक्षा मन्त्री रहेका इश्वर पोखरेललाई मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी दिएका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले लिलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीमा नियुक्त गरेका छन् । कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री बनाइएको छ ।
थपिएका नयाँ मन्त्री
उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । उनले सम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले सम्हालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठलाई दिइएको छ
प्रतिक्रिया