२०८३, २३ आश्विन शनिबार

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् सदस्यमा नेपाल पुन निर्वाचित

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् सदस्यमा नेपाल पुन निर्वाचित


काठमाडौं २८ असोज  : नेपाल संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा आगामी कार्यकाल सन् २०२१–२०२३० का लागि पुनः निर्वाचित भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव भरतराज पौड्यालले ट्वीटर मार्फत नेपालले १५० भोट पाएर निर्वाचित भएको सार्वजनिक गरेका हो । नेपाल पहिले पनि मानवअधिकार परिषद्को सदस्य हुदै आईरहेको छ ।

नेपालसहित एशिया प्रशान्त क्षेत्रबाट नेपाल र थप तीन देश चीन, पाकिस्तान र उज्वेकिस्तान निर्वाचित भएका छन् । जम्मा ४७ सदस्य रहेको परिषदमा यस पटक १५ सिटका लागि निर्वाचन भएको हो ।

यसपटक निर्वाचित अन्य देशहरूमा अफ्रिकाबाट आइभोरी कोष्ट, गाबोन, मालबी र सेनेगल, पूर्वी युरोपबाट रूस र युक्रेन, ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको, पश्चिम युरोपबाट फ्रान्य र बेलायत छन् ।

पाँच क्षेत्रीय समूहमध्येबाट परिषदमा देशहरू निर्वाचित हुन्छन् । एशिया प्रशान्त क्षेत्रबाट १३, अफ्रिकाबाट १३, पूर्वी युरोपबाट ६, ल्याटिन अमेरिका र क्यारेबियन स्टेट्सबाट ८ तथा पश्चिम युरोप र अन्य स्टेटहरूबाट ७ सिटमा प्रतिनिधित्व हुककदै आएको छ ।

संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राईले नेपाल पुनः निर्वाचित हुनु राजनीतिक र मानव अधिकारमा नेपालले तय गरेको प्रगतिशील यात्रालाई अन्तर्राष्ट्रिय समुदायले स्वीकृति दिएको प्रतिक्रया दिएका छन् ।

प्रकाशित मिति : २०७७, २८ आश्विन बुधबार  ७ : ५४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य