२०८२, १४ फाल्गुन बिहीबार

नेपाल एयरलाइन्सलाई नाफामा लैजान्छु स् नवनियुक्त महाप्रबन्धक पौडेल

नेपाल एयरलाइन्सलाई नाफामा लैजान्छु स् नवनियुक्त महाप्रबन्धक पौडेल


काठमाडौं २७ असोज :  नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका नवनियुक्त महाप्रबन्धक डिम प्रसाद पौडेल प्रकाशले आज आफ्नो पदभार ग्रहण गरेका छन्। मन्त्रिपरिषदको गत बिहीबारको बैठकले पौडेललाई ४ वर्षको लागि महाप्रवन्धक पदमा नियुक्त गरेको थियो। चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञका रुपमा परिचित उनी यसअघि निगम सञ्चालक समितिको सदस्य थिए।

नयाँ सडकस्थित निगम मुख्यालयमा आज आयोजित पदभार ग्रहण कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले निगमले व्यवस्थापन विज्ञ र युवा महाप्रवन्धक पाएकोमा खुसी व्यक्त गरे। उनले कोरोना महामारीको अवस्थामा पनि निगमले उल्लेखनीय सेवा प्रदान गर्दै आएकोमा प्रसन्नता व्यक्त गर्दै पारस्परिक सल्लाह र समझदारीको आधारमा नयाँ महाप्रवन्धकको नियुक्ति भएकोले मिलेर काम गर्ने विश्वास दिलाए।

नवनियुक्त महाप्रबन्धक पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भए पनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गरे। उनले निगमलाई गतिशिल बनाउन एक्लो प्रयास पर्याप्त नहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षा गर्दै निगममा विमान थप गरी सञ्चालन मुनाफाको प्रत्याभूति गर्ने विश्वास व्यक्त गरे।

नायव महाप्रबन्धक गणेशबहादुर चन्दले निगमबारे पूर्ण जानकारी राख्नु हुने व्यक्ति निगमको महाप्रवन्धक भएकाले पनि निगमले गति लिने विश्वास व्यक्त गरे। आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभास डाँगीले निगमसँग पर्याप्त सम्भावना भए पनि हालको समस्याबाट पार पाउन निकै महत्वपुर्ण प्रयास आवश्यक रहेको बताए। पौडेल निगम सञ्चालक समितिको सदस्यको जिम्मेवारीमा रहँदा आन्तरिक उडानका ६ वटा चिनियाँ जहाजले घाटा बेहोर्दै आएकाले गत साउन १५ देखि ती जहाज सञ्चालन नगर्ने निर्णय भएको थियो।

निगमसँग हाल आन्तरिक उडानमा दुई मात्रै जहाज छन्। राजधानी तथा क्षेत्रीय उडानसहित देशभरका २३ भन्दा बढी गन्तब्यमा निगमले आन्तरिक उडान गर्दै आएको छ। अन्तर्राष्ट्रियतर्फ दुई थान वाईड बडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाजले भारतका तीनसहित विभिन्न मुलुकका नौ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ।

प्रकाशित मिति : २०७७, २७ आश्विन मंगलबार  ७ : ३८ बजे

शेरबहादुर देउवा सिंगापुर प्रस्थान

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले