२०८३, १२ आश्विन मंगलबार

काभ्रेमा आज ५८ जना कोरोना भईरसका संक्रमित थपिए, ४६६ जना सक्रिय संक्रमित

काभ्रेमा आज ५८ जना कोरोना भईरसका संक्रमित थपिए, ४६६ जना सक्रिय संक्रमित


धुलिखेल २७ असोज काभ्रेमा गएको २४ घण्टामा ५८ जना कोरोना भईरसका संक्रमित थपिएका छन् । मंगलबार संक्रमितहुनेहरुमा धुलिखेल नगरपालिकाबाट १२ पुरुष र १० महिला,पनौती नगरपालिकाबाट २ पुरुष र १ महिला ,मण्डनदेउपुर नगरपालिकाबाट ६ पुरुष र ६ महिला रहेका छन् ।

यस्तै नमोबुद्ध र पाँचखाल नगरपालिकाबाट १÷१ जान पुरुष र बनेपा नगरपालिका बाट ९ पुरुष र १० महिलामा भाईरसको संक्रमण देखीएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । यो संगै जिल्लामा संक्रमितको संख्या एक हजार ९५ जना पुगेको छ । संक्रमितको संख्या बढ्दै जादा निको हुनको संख्या पनि बढिरहेको छ । जिल्लाका संक्रमित मध्ये आज मात्र ११ जना डिस्चार्ज भएका डाक्टर झाले बताउनुभयो । हाल सम्म ६२० जना उपचार पछि निको भएर घर फर्की सकेका छन् । उनीहरु मध्ये पुरुषको संखया धेरै रहेको छ । निको हुनेमा ४०६ जना पुरुष छन् भने २१४ जना महिला छन् ।

अझै जिल्लामा ४६६ जना सक्रिय संक्रमित छन् । उनिहरु मध्ये होम आईसोलेसनमा बस्नेको संख्या धेरै छ । १२६ जना अस्पताल आईसोलेसमा र ३४० जना होम आईसोलेसनमा रहको डाक्टर झाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २७ आश्विन मंगलबार  ६ : ३५ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय