२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा आज ५८ जना कोरोना भईरसका संक्रमित थपिए, ४६६ जना सक्रिय संक्रमित

काभ्रेमा आज ५८ जना कोरोना भईरसका संक्रमित थपिए, ४६६ जना सक्रिय संक्रमित


धुलिखेल २७ असोज काभ्रेमा गएको २४ घण्टामा ५८ जना कोरोना भईरसका संक्रमित थपिएका छन् । मंगलबार संक्रमितहुनेहरुमा धुलिखेल नगरपालिकाबाट १२ पुरुष र १० महिला,पनौती नगरपालिकाबाट २ पुरुष र १ महिला ,मण्डनदेउपुर नगरपालिकाबाट ६ पुरुष र ६ महिला रहेका छन् ।

यस्तै नमोबुद्ध र पाँचखाल नगरपालिकाबाट १÷१ जान पुरुष र बनेपा नगरपालिका बाट ९ पुरुष र १० महिलामा भाईरसको संक्रमण देखीएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । यो संगै जिल्लामा संक्रमितको संख्या एक हजार ९५ जना पुगेको छ । संक्रमितको संख्या बढ्दै जादा निको हुनको संख्या पनि बढिरहेको छ । जिल्लाका संक्रमित मध्ये आज मात्र ११ जना डिस्चार्ज भएका डाक्टर झाले बताउनुभयो । हाल सम्म ६२० जना उपचार पछि निको भएर घर फर्की सकेका छन् । उनीहरु मध्ये पुरुषको संखया धेरै रहेको छ । निको हुनेमा ४०६ जना पुरुष छन् भने २१४ जना महिला छन् ।

अझै जिल्लामा ४६६ जना सक्रिय संक्रमित छन् । उनिहरु मध्ये होम आईसोलेसनमा बस्नेको संख्या धेरै छ । १२६ जना अस्पताल आईसोलेसमा र ३४० जना होम आईसोलेसनमा रहको डाक्टर झाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २७ आश्विन मंगलबार  ६ : ३५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना